Advertisement

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

Advertisement

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा,
आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा..
यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जितेकी चर्चित देउडा गायिका निरुता खत्री पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायक (Chief Jury) मा चयन भएकी छन्।
अछामको ढकारी गाउँपालिका–२ मा जन्मिएकी निरुता खत्रीको यात्रा सामान्य कलाकारको मात्र होइन, संघर्षलाई सफलतामा रूपान्तरण गर्ने प्रेरणादायी कथा पनि हो।
विद्यालय जीवनमै उनी खेलकुदमा अब्बल थिइन्। कक्षा ६ देखि १२ सम्म राष्ट्रपतिको रनिङ शिल्ड तथा क्षेत्रीयस्तरका भलिबल प्रतियोगितामा सहभागिता जनाएकी उनले दौड, कबड्डी, सटपुट, भाला फ्याँक लगायतका विभिन्न खेलमा पनि आफ्नो क्षमता देखाएकी थिइन्। खेलप्रति गहिरो लगाव भए पनि समयसँगै उनको जीवनले नयाँ मोड लियो।
एसएलसीपछि आधारभूत पत्रकारिता तालिम लिएर उनी रेडियो क्षेत्रमा प्रवेश गरिन्। रेडियो आरजेका रूपमा सोसाइटी एफएम अछाम र डोटी एफएममा देउडा कार्यक्रम सञ्चालन गर्दै श्रोतासँग प्रत्यक्ष दोहोरी खेल्न थालेकी निरुता विस्तारै गायनतर्फ आकर्षित भइन्।
“श्रोतासँग देउडा खेल्दै जाँदा मलाई पनि गीत गाउन सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो,” उनी सम्झिन्छिन्।
रेडियोमा कार्यरत रहँदा एक साताको बिदा लिएर काठमाडौं पुगेकी निरुताले पहिलोपटक ‘कस्तो माया बस्यो नि’ गीत रेकर्ड गरिन्। यही गीतसँगै सुरु भएको उनको सांगीतिक यात्रा आज देश–विदेशसम्म फैलिएको छ।
उनका ‘चुल्ठिमा रिबन’, ‘बसेइ प्यारी जान्छु बम्मै’, ‘अछाम डौठे गडा’, ‘उडिगै डालिका मैना’, ‘सारी बनारसकी’, ‘मेरा बलाता गाउँ’, ‘जिन्स पाइन्ट लाउदी’, ‘रामारोसन ताल’, ‘जुम्ला आउने दोबाटो’ लगायत दर्जनौँ गीत लोकप्रिय छन्।
विशेषगरी,
“जा घरको समाचार लैया, माल जान्या काग, परदेशी हुँ, परदेशै छु, परदेश मेरा भाग…”
जस्ता मार्मिक शब्दहरूले विदेशिएका नेपालीको मन छोएको छ। यही गीतले उनलाई देश तथा विदेशमा अझ व्यापक रूपमा चिनाएको मानिन्छ।
हालसम्म ७०० भन्दा बढी देउडा गीतमा स्वर दिइसकेकी निरुताले कतार, दुबई, कोरिया, भारत लगायत विभिन्न देशका मञ्चमा आफ्नो प्रस्तुति दिइसकेकी छन्।
उनले NIM अवार्ड, जीवन्त नेपाल म्युजिक अवार्ड, रारा राष्ट्रिय म्युजिक अवार्ड, विशाल लुम्बिनी लोकदोहोरी अवार्ड, सुप अवार्ड २०८१, B-Star Film Music Award लगायत विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन्। साथै नागरिक सम्मान, राष्ट्रिय कलाकार सम्मान २०२५ लगायतका प्रतिष्ठित सम्मानबाट पनि विभूषित भइसकेकी छन्।
निरुताको जीवनमा संघर्षको पाटो पनि उत्तिकै गहिरो छ। सामान्य परिवारमा जन्मिएकी उनी कक्षा ८ मा पढ्दै गर्दा आमालाई पक्षाघात भएपछि परिवारको जिम्मेवारी वहन गर्न बाध्य भइन्। आर्थिक अभाव र पारिवारिक चुनौतीबीच पनि उनले आफ्नो सपना छोडिनन्।
“आमाको अभाव मेट्न र परिवारको साथ दिन मैले निरन्तर गीत लेख्ने र गाउने काम गरिरहेँ,” उनी भन्छिन्।
देउडा संगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय निरुता युवा पुस्तामा देउडाप्रतिको आकर्षण बढेको देख्छिन्। परम्परागत लयलाई आधुनिक प्रस्तुतिसँग जोड्दा देउडाको भविष्य अझ उज्ज्वल बन्ने उनको विश्वास छ।
खेल मैदानबाट सुरु भएको यात्रा, रेडियोको माइक्रोफोन हुँदै आज अन्तर्राष्ट्रिय मञ्च र संगीत क्षेत्रको प्रतिष्ठित स्थानसम्म पुगेकी निरुता खत्रीको कथा संघर्ष, आत्मविश्वास र सफलताको अनुपम उदाहरण बनेको छ। पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकको जिम्मेवारीले उनको सांगीतिक योगदानलाई थप उचाइ दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज