Advertisement

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

Advertisement

 

धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। आवश्यक सबै मापदण्ड तथा प्रक्रिया पूरा गरेपछि गाउँपालिकाले पूर्णखोप सुनिश्चितताको अवस्था हासिल गरेको हो।

गाउँपालिकाको नियमित कार्यक्रमअन्तर्गत ० देखि ५९ महिनासम्मका बालबालिकाको घरधुरी सर्वेक्षण गर्दा कुल १ हजार ४५२ जना बालबालिका पहिचान गरिएको थियो। सर्वेक्षणअनुसार १५ महिनामुनिका ३८८ जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरिरहेका छन् भने १६ देखि ५९ महिनासम्मका १ हजार ६४ जना बालबालिकाले १५ महिनाभित्र प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बिक्रम बहादुर बोहरा ले जानकारी दिए।

पूर्णखोप सुनिश्चितता निर्देशिकाअनुसार आवश्यक सबै मापदण्ड पूरा गरेपछि गाउँपालिकाले यो उपलब्धि हासिल गरेको हो। गाउँपालिकाभित्रका सबै वडामा नियमित खोप सेवा सुदृढ गर्दै लक्षित उमेर समूहका बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए।

जिल्ला पूर्ण खोप समन्वय समिति, कैलाली द्वारा प्रदान गरिएको प्रमाणपत्रमार्फत गाउँपालिकाले १६ देखि २३ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप उपलब्ध गराई पूर्णखोप सुनिश्चित गरेको प्रमाणित भएको छ।

गाउँपालिकाले यस उपलब्धिलाई बालबालिकाको स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण सफलता भएको जनाएको छ। साथै आगामी दिनमा नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ समुदायस्तरमा सचेतना, निगरानी तथा अनुगमनका गतिविधिलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको छ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने दिशामा चुरे गाउँपालिकाले हासिल गरेको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज