बझाङ- जिल्लाका उच्च लेकाली भेगमा गएराति वर्षासँगै हिमपात भएको छ। गत माघ दोस्रो सातापछि पुनः हिमपात भएको हो।
हिमपात जिल्लाका साइपाल, सुर्मा, छबिसपाथिभेरा, दुर्गाथली, बुङ्गल नगरपालिका, केदारस्यूँ र सप्तडछान्ना गाउँपालिकाका लेकाली क्षेत्र तथा गाउँहरूमा परेको स्थानीय अमर धामीले जानकारी दिएका छन्।
हिमपातसँगै चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ भने आवतजावतमा समेत समस्या देखिएको छ। यद्यपि, वर्षासँगै परेको हिमपातले हिउँदे बालीका लागि भने लाभदायक हुने अपेक्षा गरिएको छ, जसले किसानमा उत्साह थपेको छ।

