भारत/बेंगलोर
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतको बेंगलोरमा कार्यरत प्रवासी नेपालीहरू स्वदेश फर्किएका छन्। उनीहरूले बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि ऐन महर लाई समर्थन जनाउँदै मतदान गर्न नेपाल फर्किएको बताएका छन्।
रोजगारका सिलसिलामा बेंगलोरमा बसोबास गर्दै आएका युवाहरूको एक समूहले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने उद्देश्यले घर फर्किएको जनाएको छ। उनीहरूले “देशको विकास र समृद्धिका लागि सही नेतृत्व आवश्यक रहेको” भन्दै एमाले उम्मेदवार महरप्रति आफ्नो विश्वास रहेको बताए।
यसअघि पनि विभिन्न निर्वाचनमा प्रवासबाट मत हाल्न स्वदेश फर्किने क्रम देखिएको भए पनि यस पटक संख्या उल्लेख्य रहेको छ।


