Advertisement

धनगढीमा चिकित्सक पदस्थापनमा विभेदको आरोप, मेरिट सूची बेवास्ता भएको दाबी

Advertisement

 

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक पदस्थापनामा विभेद भएको आरोप सार्वजनिक भएको छ। सिफारिस प्रक्रियादेखि पदस्थापना र काज व्यवस्थापनसम्म राजनीतिक दबाब र पहुँचका आधारमा निर्णय हुँदै आएको स्रोतको दाबी छ।

मेरिट सूचीअनुसार पदस्थापना नभएको आरोप

प्रदेश लोक सेवा आयोगबाट नवौं तह कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट पदमा एक नम्बरमा सिफारिस भएका डाक्टर मुकेश गामीले सेती रोजे पनि उनलाई महाकाली प्रादेशिक अस्पतालमा पदस्थापन गरिएको छ। स्रोतका अनुसार सेतीमा भने दोस्रो नम्बरमा सिफारिस डाक्टर पूर्ण राधा श्रेष्ठलाई खटाइएको छ।

यसैगरी, प्याथोलोजिस्ट पदमा सिफारिस भएकी डाक्टर वर्षा आचार्यलाई सेती प्रादेशिक अस्पतालमा पदस्थापन गरिएको छ। उनीलाई प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको निर्देशक बनाइनुपर्ने भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सेतीमै खटाएको कर्मचारी वृत्तमा चर्चा छ।

सङ्घीय कर्मचारीलाई दोहोरो जिम्मेवारी

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भने सङ्घीय सरकारका आठौं तहका हाडजोर्नी शल्यचिकित्सक डाक्टर भुषण मिश्रलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ। उनी सेती प्रादेशिक अस्पतालमा काजमा कार्यरत रहँदै प्रयोगशालाको जिम्मेवारीसमेत सम्हालिरहेका छन्। काज फिर्ता भइसक्नुपर्ने अवस्थामा पनि राजनीतिक संरक्षणका कारण दोहोरो जिम्मेवारी दिइएको आरोप छ।

स्वास्थ्य क्षेत्रका अधिकारीहरूका अनुसार सेवा र समूह नमिल्ने चिकित्सकलाई प्रयोगशालाको प्रमुख बनाइनु नियमविपरीत हुन सक्ने आशंका गरिएको छ। डाक्टर मिश्र नेपाली काँग्रेस निकट रहेको र कमलबहादुर शाह निकट भएकाले प्राथमिकता दिइएको चर्चा कर्मचारी वृत्तमा चलेको छ।

स्वास्थ्य निर्देशकमा पनि विवाद

प्रदेश स्वास्थ्य निर्देशक पदमा पनि योग्यता पुगेका कर्मचारीलाई पन्छाइएको आरोप छ। प्रदेश लोक सेवा आयोगबाट बढुवा भई एघारौं तहमा पुगेका डाक्टर जगदिश प्रसाद जोशीलाई निर्देशक बनाइनुपर्नेमा उनलाई महाकाली प्रादेशिक अस्पतालमा पठाइएको छ। स्वास्थ्य निर्देशक पदमा भने नवौं तहका आयुर्वेद चिकित्सक डाक्टर खगेन्द्र बमलाई निरन्तरता दिइएको छ।

नियुक्तिपत्रमै फरक व्यवहार

नवौं तह कन्सल्टेन्ट पेडियाट्रिसियन पदमा डाक्टर निराजना कायस्थ, डाक्टर राधिका गिरी र डाक्टर विकास सापकोटा एकै विज्ञापनबाट सिफारिस भएका थिए। तर, मुख्यमन्त्री कार्यालयले डाक्टर कायस्थलाई अघिल्लो दिन र अन्यलाई पछिल्लो दिन नियुक्तिपत्र दिँदा वरिष्ठता प्रभावित हुने गरी फरक व्यवहार गरेको आरोप छ।

एकै मितिमा नियुक्ति दिनुपर्नेमा फरक–फरक मितिमा पत्र दिइनुले सरकार स्वयंले वरिष्ठ–कनिष्ठको हैसियत निर्धारण गरेको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन्।

 

उक्त विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्यालसँग सम्पर्क हुन सकेन।

प्रदेश सरकारको पदस्थापन प्रक्रिया मेरिट र विधिसम्मत नभई पहुँच र राजनीतिक निकटताका आधारमा प्रभावित भएको आरोप गम्भीर रहेको भन्दै सरोकारवालाले छानबिनको माग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज