Advertisement

रामारोशन -६ मा एमालेको वडा कमिटीको बैठक सम्पन्न

Advertisement

अछाम- नेकपा एमाले रामारोशन गाउँपालिका-६ नम्बर वडा कमिटीको बैठक सम्पन्न भएको छ ।
फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लक्ष्यित वडा कमिटीको बैठक भटाकाटियाँमा बुधबार सम्पन्न भएको छ ।

अछाम क्षेत्र नं-१ का एमाले उम्मेदवार दिपक साउँदलाई बहुमतले बिजय गराउ छलफल तथा जिम्मेवारी बाँडफाँड गर्न बैठकको आयोजना गरिएको जनाइएको छ ।

बैठकमा नजिकिँदै गरेको निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, मतदाता भेटघाट, प्रचारप्रसार र परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो ।
बैठकले वडा कमिटी अध्यक्ष सुर्य साउँदको संयोजकत्वमा वडा स्तरीय २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । त्यस्तै लक्ष्मण साउँदको संयोजकत्वमा नेशनल भोलेन्टियर फोर्स समिति गठन गरिएको छ ।
गठित समितिले उम्मेदवार दिपक लाई बिजय गराउन मतदाता संरक्षण,प्रचारप्रसार लगायतका कार्य गर्नेछन् ।

बैठकमा वक्ताहरूले दिपक युवा सक्षम विकासवादी उम्मेदवार भएको बताएका थिए । जिल्लाबाट अहिलेसम्म धेरै नेता बिजय गराएर पठाएपनि जनअपेक्षित कार्य नगरेको गुनासो गरे । अब पुरानै नेतालाई बिजय गराए फेरि उस्तै अवस्था सृजना हुने भएकोले अहिलेको आवश्यकता र विकल्प दिपक रहेको धारणा राखेका थिए ।

वडा कमिटी अध्यक्ष सुर्य बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी रहनु भएको थियोे ।

विशिष्ट अतिथि अछाम क्षेत्र नं. १ का उम्मेदवार दिपक बहादुर साउँद रहनु भएको थियो । अतिथि प्रदेश कमिटी सदस्य रामारोशन पालिका इन्चार्ज चक्र रावल , जिल्ला उपाध्यक्ष तिकल कुँवर , युवा नेता गोविन्द साउँद , महादिवेशन प्रतिनिधि परिषद सदस्य डिबि साउँद, जिल्ला कमिटी सदस्य, वडा कमिटी पदाधिकारी नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियोे

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज