Advertisement

जनमुक्ति सेनाको पहिलो मुस्लिम महिला नेकपाको समानुपातिक सुचीमा “

Advertisement

पूर्व छापामार योद्धादेखि संसदीय यात्राको संघारसम्म: को हुन् सकिना ? दशवर्षे जनयुद्धका क्रममा कलिलो उमेरमै बन्दुक बोकेर सामन्तवाद र शोषणविरुद्ध उभिएकी एक साहसी महिला योद्धा यतिबेला संसदीय राजनीतिको संघारमा आइपुगेकी छिन्। कपिलवस्तुको माटोमा जन्मिएर ‘कौशर जहाँ’ अर्थात् सकिना मुस्लिम नामले परिचित रविना खान हाल नेपाली राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा रहेकी छिन्।

विद्रोहको बीउ र संघर्षको कथा
स्थानीय जमिन्दार तथा सामन्ती उत्पीडन सहन नसकी मात्र ८–९ वर्षको कलिलो उमेरमै जनवादी विचारधाराबाट प्रभावित हुँदै उनले घर–परिवार त्यागेकी थिइन्। शोषित, पीडित र सर्वहारा वर्गको मुक्तिका लागि तत्कालीन जनमुक्ति सेनामा आबद्ध भई उनले सशस्त्र संघर्षको कठिन यात्रा सुरु गरिन्।जनयुद्धका क्रममा रविनाले गोरखा, गण्डक, पोखरा, सिन्धुली, चितवनलगायत विभिन् जिल्लामा रहेर सैन्य मोर्चा सम्हालेकी थिइन्। व्यवस्था परिवर्तनका लागि तत्कालीन शाही नेपाली सेनासँग प्रत्यक्ष भिडन्तमा समेत सहभागी भएकी उनी देशकै “प्रथम मुस्लिम महिला छापामार योद्धा” का रूपमा चिनिन्छिन्। करिब २५ वर्ष लामो राजनीतिक यात्रा, संगठन निर्माण र समाजसेवामा बिताएको समयले उनलाई एक जुझारु, अनुशासित र प्रतिबद्ध नेतृको रूपमा स्थापित गरेको छ।

संसदीय यात्रातर्फ ऐतिहासिक मोड
उनको लामो योगदान, त्याग र संघर्षको कदर गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ मुस्लिम कोटामा पहिलो नम्बरमा सकिना मुस्लिमलाई सिफारिस गरेको छ।
पार्टी मुख्यालयबाट आएको यस प्रस्तावलाई राजनीतिक वृत्तले सकारात्मक रूपमा हेरेको छ। अल्पसंख्यक मुस्लिम समुदायबाट जनयुद्धमा होमिएर आएकी एक सशक्त महिला नेतृलाई राज्यको नीति निर्माण तहसम्म पुर्‍याउने कदमले समावेशी लोकतन्त्रको वास्तविक मर्म झल्काउने अपेक्षा गरिएको छ।

समावेशी लोकतन्त्रप्रति आशा
जनयुद्धको जगबाट आएको एक क्रान्तिकारी महिलालाई कुनै आर्थिक चलखेल, विभेद वा बाह्य दबाबबिनै निष्पक्ष रूपमा संसद्‌सम्म पुर्‍याइने विश्वास कार्यकर्ता र शुभेच्छुकहरूले व्यक्त गरेका छन्। एक आदर्श नारी तथा बहुप्रतिभाशाली व्यक्तित्वकी धनी रविना खानको संसद् प्रवेशले अल्पसंख्यक, मुस्लिम तथा पछाडि पारिएका समुदायको आवाजलाई राष्ट्रिय तहमा अझ बुलन्द बनाउने विश्वास गरिएको छ।
आगामी निर्वाचनमा उनको उम्मेदवारी सफल होस् र उनले जनताको सेवामा अझ ठूलो जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गरून् भन्ने शुभकामना यतिबेला सामाजिक सञ्जालदेखि गाउँ–बस्तीसम्म व्यक्त भइरहेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज