Advertisement

जनमुक्ति सेनाको पहिलो मुस्लिम महिला नेकपाको समानुपातिक सुचीमा “

Advertisement

पूर्व छापामार योद्धादेखि संसदीय यात्राको संघारसम्म: को हुन् सकिना ? दशवर्षे जनयुद्धका क्रममा कलिलो उमेरमै बन्दुक बोकेर सामन्तवाद र शोषणविरुद्ध उभिएकी एक साहसी महिला योद्धा यतिबेला संसदीय राजनीतिको संघारमा आइपुगेकी छिन्। कपिलवस्तुको माटोमा जन्मिएर ‘कौशर जहाँ’ अर्थात् सकिना मुस्लिम नामले परिचित रविना खान हाल नेपाली राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा रहेकी छिन्।

विद्रोहको बीउ र संघर्षको कथा
स्थानीय जमिन्दार तथा सामन्ती उत्पीडन सहन नसकी मात्र ८–९ वर्षको कलिलो उमेरमै जनवादी विचारधाराबाट प्रभावित हुँदै उनले घर–परिवार त्यागेकी थिइन्। शोषित, पीडित र सर्वहारा वर्गको मुक्तिका लागि तत्कालीन जनमुक्ति सेनामा आबद्ध भई उनले सशस्त्र संघर्षको कठिन यात्रा सुरु गरिन्।जनयुद्धका क्रममा रविनाले गोरखा, गण्डक, पोखरा, सिन्धुली, चितवनलगायत विभिन् जिल्लामा रहेर सैन्य मोर्चा सम्हालेकी थिइन्। व्यवस्था परिवर्तनका लागि तत्कालीन शाही नेपाली सेनासँग प्रत्यक्ष भिडन्तमा समेत सहभागी भएकी उनी देशकै “प्रथम मुस्लिम महिला छापामार योद्धा” का रूपमा चिनिन्छिन्। करिब २५ वर्ष लामो राजनीतिक यात्रा, संगठन निर्माण र समाजसेवामा बिताएको समयले उनलाई एक जुझारु, अनुशासित र प्रतिबद्ध नेतृको रूपमा स्थापित गरेको छ।

संसदीय यात्रातर्फ ऐतिहासिक मोड
उनको लामो योगदान, त्याग र संघर्षको कदर गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ मुस्लिम कोटामा पहिलो नम्बरमा सकिना मुस्लिमलाई सिफारिस गरेको छ।
पार्टी मुख्यालयबाट आएको यस प्रस्तावलाई राजनीतिक वृत्तले सकारात्मक रूपमा हेरेको छ। अल्पसंख्यक मुस्लिम समुदायबाट जनयुद्धमा होमिएर आएकी एक सशक्त महिला नेतृलाई राज्यको नीति निर्माण तहसम्म पुर्‍याउने कदमले समावेशी लोकतन्त्रको वास्तविक मर्म झल्काउने अपेक्षा गरिएको छ।

समावेशी लोकतन्त्रप्रति आशा
जनयुद्धको जगबाट आएको एक क्रान्तिकारी महिलालाई कुनै आर्थिक चलखेल, विभेद वा बाह्य दबाबबिनै निष्पक्ष रूपमा संसद्‌सम्म पुर्‍याइने विश्वास कार्यकर्ता र शुभेच्छुकहरूले व्यक्त गरेका छन्। एक आदर्श नारी तथा बहुप्रतिभाशाली व्यक्तित्वकी धनी रविना खानको संसद् प्रवेशले अल्पसंख्यक, मुस्लिम तथा पछाडि पारिएका समुदायको आवाजलाई राष्ट्रिय तहमा अझ बुलन्द बनाउने विश्वास गरिएको छ।
आगामी निर्वाचनमा उनको उम्मेदवारी सफल होस् र उनले जनताको सेवामा अझ ठूलो जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गरून् भन्ने शुभकामना यतिबेला सामाजिक सञ्जालदेखि गाउँ–बस्तीसम्म व्यक्त भइरहेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज