काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा आज बिहानदेखि मौसम बदली भएको छ। कोशी, मधेश र वाग्मती प्रदेशमा बङ्गालको खाडीको दक्षिण–पश्चिम भाग र भारतको तमिलनाडु आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अपेक्षा छ।
मौसम बदलीसँगै चिसो पनि बढेको छ। काठमाडौँ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ।

