बझाङ- बझाङमा गयराति एक घरमा आगलागी भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–२ घोगाडाका शेरबहादुर बोहराको घरमा आगलागी भएको हो
घरमा राति करिब १२ बजेको समयमा अज्ञात समूहले आगो लगाएको आरोप लगाइएको छ। आगलागीबाट नगद ३२ हजार रुपैयाँसहित लत्ताकपडा, अन्नबाली र अन्य सामग्री सबै जलेर नष्ट भएको छ।
घरमा एक्लै सुतिरहेकी बोहराकी श्रीमती केलुदेबीले थाहा पाएपछि छिमेकीलाई गुहारेकी थिइन् । तर नजिकै घर तथा पानी नहुँदा गाउँलेहरू ढिलो भेला हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय जीवन बोहराले जानकारी दिए ।
आगलागीबाट मानवीय तथा पशुचौपायामा भने कुनै क्षति भएको छैन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

