काठमाडौँ– रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा पत्रकार वीरेन्द्र आचार्यको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। वीरेन्द्रनगर–२ स्थित कार्यालय अगाडि मोटरसाइकलले स्कुटीलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए।
उनीलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना मूलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा भएको हो। यामबहादुर शाहीद्वारा चलाइएका कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले आचार्यले चलाएको लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक २३ वर्षीय शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।
कालिकोटको शुभकालिका–६ हाउडीका ३४ वर्षीय आचार्य प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत रहेका थिए।

