Advertisement

जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ आज भव्य रूपमा उद्घाटन

Advertisement

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका ९ मा रजनिस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा आयोजित जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ फुटबल प्रतियोगिता आज एक भव्य समारोहका साथ उद्घाटन गरिएको छ । कार्यक्रम सुरेश खड्का (मारा) को अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाए रहनुभएको थियो । उहाँले उद्घाटन गर्दै खेलकुदले युवाहरूलाई अनुशासन, एकता र सकारात्मक सोचतर्फ डो¥याउने बताउनुभयो ।

कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी रियास खड्काले स्वागत मन्तव्य राख्दै बझाङको फुटबल जगतलाई यहाँसम्म ल्याउनमा जयपृथ्वी नगरपालिका–९ का युवाहरूको मुख्य भूमिका रहेको बताए । साथै, खेलकुद नै अहिलेको समयको युवाहरूको रोजाइ भएको भन्दै उनले युवाहरूप्रति धन्यवाद प्रकट गरे ।

उद्घाटन समारोह जयपृथ्वी नगरपालिका–९ स्थित जाल्पा माध्यमिक विद्यालय (जाल्पा मावी)को खेलमैदानमा सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका विभिन्न स्थानका २० वटा टिमहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

उद्घाटनकै दिन भएको पहिलो खेलमा आयोजक ए र कविन मेमोरियल बीच प्रतिस्पर्धा भएको थियो, जसमा आयोजक ए ले एक गोलको अग्रताले विजय हासिल गरेको छ । अन्य खेलहरू भोलि बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ ।

कार्यक्रमको संयोजन युवा समूहले गरेको हो भने आयोजना रजनिस ट्रेडर्स एण्ड सप्लायर्सले गरेको हो । सह–आयोजकका रूपमा सुप्रिम ट्रेड एण्ड सप्लायर्स, सल्लोन इन्टरप्राइजेज एण्ड पोल्ट्री सप्लायर्स, र PS 1 Cafe (नयाँ बानेश्वर, काठमाडौं) रहेका छन् । प्रतियोगिता निरन्तर सञ्चालन भई विजेता टोलीलाई आकर्षक पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज