Advertisement

बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात, ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान

Advertisement

बाजुराबाट यस वर्ष करिब ५ सय कुईन्टल स्याउ निर्यात गरिएको छ । किसानहरूले उत्पादन गरेको स्याउ जिल्लाबाहिरका बजारतर्फ निर्यात गरिएको हो ।
नेपालगञ्ज, धनगढी र सुर्खेतका बजारमा करिब ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान गरिएको छ।
जिल्लाको करिब ५०४ हेक्टर क्षेत्रफलमा स्याउका बगैँचा फैलिएका छन्, जसमध्ये २०८ हेक्टरमा उत्पादन भइरहेको छ। स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा जस्ता उच्च पहाडी क्षेत्रमा स्याउ खेती फस्टाएको छ। करिब २ सयभन्दा बढी किसान व्यावसायिक रूपमा स्याउ खेतीमा संलग्न छन्।
तर, मनसुनको समयमा सडक अवरुद्ध हुने र ढुवानीमा समस्या आउने भएकाले धेरै स्याउ बारीमै कुहिने वा गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था आउने गरेको किसानहरूको गुनासो छ।
कृषि ज्ञान केन्द्र, बाजुराका प्रमुख जसिराम साहनीका अनुसार बजार अभाव, ढुवानी कठिनाइ र गुणस्तर विभाजनको ज्ञान नहुँदा किसानले अपेक्षित आम्दानी पाउन नसकेका छन्। केन्द्रले प्याकेजिङ र ढुवानीमा ५० प्रतिशत अनुदान उपलब्ध गराए पनि सडक अभावका कारण प्रभावकारी हुन नसकेको उनले बताए।
साहनीका अनुसार, स्याउलाई ग्रेडिङ गरेर बिक्री गर्न सके किसानको आम्दानी दोब्बर हुन सक्छ। गुणस्तर अनुसार छुट्याएर बेच्ने र कमजोर स्याउबाट जुस, जाम, वा वाइनजस्ता प्रशोधित उत्पादन बनाउन सके स्याउ खेतीले बाजुराको आर्थिक समृद्धिमा ठूलो योगदान दिन सक्ने बताइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज