Advertisement

दसैं-तिहारको विदा रमाइलोमा होइन, विद्यालयका लागि भारतमा चन्दा संकलनमा व्यस्त प्रधानाध्यापक- बोहरा

Advertisement

बझाङ- अहिले हिन्दु धर्मावलम्बीहरूमा दसैं-तिहारको रौनकता छाएको छ। यस क्रममा अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरूमा बिदा दिइएको छ भने कर्मचारीहरू घर-परिवार र आफन्तसँग भेटघाट गर्दै चाडपर्व, रमाइलो गर्ने तयारीमा छन्। तर, बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल बोहरा भने फरक उदेश्यका साथ भारतमा छन्।
दसैं-तिहारको बिदालाई केवल रमाइलोमा सीमित नगरी भविष्यका पुस्ताका लागि केही योगदान गर्ने सोचका साथ प्रधानाध्यापक बोहरा असोज ८ गते भारत प्रस्थान गरे । उनी अहिले बैंगलोरलगायतका सहरमा रहेका नेपाली दाजुभाइहरूसँग विद्यालयका लागि चन्दा संकलनमा तल्लीन छन्।
विद्यालयलाई प्रविधिमैत्री र बालमैत्री बनाउन चन्दा संकलन अभियान सञ्चालन गरिएको हो। नयाँ प्रविधि युगसँगै साना–साना बालबालिकालाई सानैदेखि आधुनिकतर्फ लैजान तथा विकट क्षेत्रमा भए पनि विद्यालयलाई नमुना (आदर्श) बनाउन सकियोस् भन्ने लक्ष्यसहित यो अभियान अघि बढाइएको छ।
यस अभियानमार्फत विद्यालयमा कम्प्युटर (ICT) ल्याब स्थापना गर्ने र विद्यार्थीलाई रमाइलो वातावरणमा सिक्न प्रेरित गर्न चिल्ड्रेन पार्क निर्माण गर्ने योजना रहेको बोहराले जानकारी दिए। उनका अनुसार, “प्रविधि बिना शिक्षालाई अबको समयसँग मेल खान सकिँदैन। हाम्रा विद्यार्थीहरू खेल्दै–खेल्दै सिकून्, कम्प्युटर चलाउँदै विश्वसँग जोडिउन भन्ने हाम्रो चाहना हो। प्रवासी दाजुभाइहरूको सहयोगले यो सपना पूरा हुने दिशामा कदम चालेका छौँ।”
बैंगलोरमा रहेका नेपाली दाजुभाइहरूले आफन्तसँग चाडपर्व मनाउने मात्र नभई गाउँ-घर सम्झँदै विद्यालयका लागि खुलेर सहयोग गरेका छन्। विद्यालय परिवारले पनि प्रवासी नेपालीप्रति विशेष आभार प्रकट गर्दै उनीहरूको सहयोगले गाउँस्तरमै आधुनिक शैक्षिक पूर्वाधार निर्माणको नयाँ उदाहरण स्थापना भएको जनाएको छ।
प्रधानाध्यापक बोहराले भारत पुगेको दिनदेखि सुरु गरिएको चन्दा संकलन अभियानअन्तर्गत हालसम्म करिब ६ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन्। बिहानदेखि राति १२ बजेसम्म निरन्तर अभियानमा खटिएका बोहराले अझै ४–५ दिन भारतमै चन्दा संकलन जारी रहने बताए।
उनले नेपाल फर्किएपछि पनि विद्यालयको हितका लागि चन्दा संकलन अभियान निरन्तरता दिने योजना बनाएका छन्।
बोहराले भने, “धन–सम्पत्ति कमाउनु मेरो लक्ष्य होइन। समाजका लागि सकेको योगदान गर्ने चाहना हो। मलाई एक छाक खान पुगे हुन्छ, तर बालबालिकाको भविष्य उज्ज्वल बनाउन सानोतिनो भए पनि केही गर्न पाएकोमा खुसी छु।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज