Advertisement

सुदूरपश्चिममा रेबिज संक्रमण तीव्र, चालु वर्षमै १३६ नमुनामा पुष्टि

Advertisement

धनगढी- सुदूरपश्चिममा रेबिजको संक्रमण वर्षैपिच्छे तीव्र बन्दै गएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएका १७० नमुनामध्ये १३६ मा रेबिज पुष्टि भएको छ।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी संक्रमण कैलालीमा भेटिएको छ, जहाँ ९८ मध्ये ७८ नमुना पोजिटिभ देखिएका छन्। त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, डोटीमा आठमध्ये छ र बझाङमा संकलित तीनवटै नमुनामा संक्रमण पुष्टि भएको छ।

जोशीका अनुसार संक्रमण फैलाउने प्रमुख स्रोत कुकुर रहेका छन्। परीक्षण गरिएका ८७ कुकुरमध्ये ७२ मा रेबिज देखिएको छ। यस्तै भैंसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका दुई, बंगुरका सातमध्ये पाँच र खरायोको एक नमुनामा समेत संक्रमण पुष्टि भएको छ।

२०७६/७७ बाट सुरु गरिएको अन्वेषणमा सुरुमा दुई नमुनामात्र पोजिटिभ भेटिएका थिए। तर सो संख्या २०७९/८० मा ३९, २०८०/८१ मा १५७ पुगेर चालु वर्ष पुनः १३६ मा कायम भएको छ। यसले संक्रमण बढ्दो क्रममा रहेको देखाउँछ।

“रेबिज लागेपछि उपचार सम्भव हुँदैन, त्यसैले रोकथाममै जोड दिनुपर्छ,” चिकित्सक जोशीले भने। उनका अनुसार संक्रमणपछि पानी पिउन गाह्रो हुने, पानीसँग डर लाग्ने, ज्वरो आउने र स्मरण शक्ति हराउनेजस्ता लक्षण देखिन्छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ, जसमा ९५ प्रतिशत अफ्रिका र एसियामा हुने गरेका छन्। नेपालमै हरेक वर्ष करिब एक लाख मानिस जनावरको टोकाइमा पर्ने र १५ देखि ३६ जनाको मृत्यु हुने तथ्याङ्क छ।

जोशीका अनुसार सामुदायिक कुकुरलाई नियमित खोप लगाउन सके नेपालमा पनि रेबिज नियन्त्रण सम्भव हुन्छ। विश्व रेबिज दिवस–२०२५ का अवसरमा धनगढीस्थित प्रयोगशालाले सामुदायिक कुकुरलाई खोप लगाउने अभियान चलाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज