Advertisement

देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न,, प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड

Advertisement

बझाङको केदारस्युँ गाउँपालिका–१ देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न भएको छ । सोमबार पालिकाको सभाहलमा विभिद बिषयमा छलफल गर्नका लागि आयोजना गरिएको बैंठक सम्पन्न भएको हो ।
समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले आयोजनाबाट प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । साथै, आयोजनाको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्माण कार्य छिटो अघि बढाउन सरकार र विकासकर्तालाई दबाब दिने निष्कर्ष लगायका विषयमा छलफल भएको थियो ।
बैठकले पश्चिम सेती सरोकार संस्था नवीकरण गर्ने, सदस्यता वितरण गर्ने र पुराना सदस्यहरूको सदस्यता नवीकरण गराउने निर्णय गरेको छ।
चार दशकदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत् आयोजना हाल भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडमार्फत ८०० मेगावाट क्षमतामा अघि बढ्न थालेको छ। यसको परामर्शदाता जेड कन्सल्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रक्रिया थाल्दै भदौ २२ गतेदेखि सामाजिक प्रभाव अध्ययन सुरु गरिसकेको छ।
सुपरिवेक्षक दिनेशचन्द्र जोशीका अनुसार डडेल्धुरा, बैतडी, डोटी र बझाङका विभिन्न गाउँपालिकाहरू प्रभावित क्षेत्रमा पर्छन्। यसअघि अष्ट्रेलियन स्मेक र चिनियाँ थ्री गर्जेजले काम अघि नबढाएकाले आयोजना लामो समय अलपत्र थियो।
बैठकमा पश्चिम सेती जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका नागरिक, विभिन्न नेता , पार्टीका प्रतिनिधि समाजसेवी बुद्धिजीविहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज