Advertisement

देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न,, प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड

Advertisement

बझाङको केदारस्युँ गाउँपालिका–१ देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न भएको छ । सोमबार पालिकाको सभाहलमा विभिद बिषयमा छलफल गर्नका लागि आयोजना गरिएको बैंठक सम्पन्न भएको हो ।
समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले आयोजनाबाट प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । साथै, आयोजनाको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्माण कार्य छिटो अघि बढाउन सरकार र विकासकर्तालाई दबाब दिने निष्कर्ष लगायका विषयमा छलफल भएको थियो ।
बैठकले पश्चिम सेती सरोकार संस्था नवीकरण गर्ने, सदस्यता वितरण गर्ने र पुराना सदस्यहरूको सदस्यता नवीकरण गराउने निर्णय गरेको छ।
चार दशकदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत् आयोजना हाल भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडमार्फत ८०० मेगावाट क्षमतामा अघि बढ्न थालेको छ। यसको परामर्शदाता जेड कन्सल्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रक्रिया थाल्दै भदौ २२ गतेदेखि सामाजिक प्रभाव अध्ययन सुरु गरिसकेको छ।
सुपरिवेक्षक दिनेशचन्द्र जोशीका अनुसार डडेल्धुरा, बैतडी, डोटी र बझाङका विभिन्न गाउँपालिकाहरू प्रभावित क्षेत्रमा पर्छन्। यसअघि अष्ट्रेलियन स्मेक र चिनियाँ थ्री गर्जेजले काम अघि नबढाएकाले आयोजना लामो समय अलपत्र थियो।
बैठकमा पश्चिम सेती जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका नागरिक, विभिन्न नेता , पार्टीका प्रतिनिधि समाजसेवी बुद्धिजीविहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज