Advertisement

एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीको निर्देशन, उपचार वहानामा दुबई जाने तयारी

Advertisement

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका मन्त्रीहरुलाई राजीनामा नसदिन निर्देशन दिएका छन् । सहकर्मी मन्त्रीहरुले धमाधम साथ छोड्न थालेपछि ओलीले आफ्ना मन्त्रीहरुलाई आफ्नो साथमै रहन निर्देशन दिएका हुन् । उपचारको बहानामा दुबई जाने तयारी गर्दै प्रधानमन्त्री

प्रधानमन्त्रीले अझै पनि हिजो भएको घटनामा घुसपैठ भएको आफ्नो अडान कायमै राखेको स्रोतले बतायो । उनले सोमबार भएको प्रदर्शनलाई हिंसात्मक बनाउन बाहिरी तत्वले घुसपिैठ गरेको र त्यसमा संलग्नहरुलाई छानबिनपछि कारवाही गर्ने भन्दै आफ्ना मन्त्रीहरुलाई आश्वस्त बनाउन खोजेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले आन्दोलन चर्किएर धेरै उग्र भएमा आफू भाग्ने विकल्पको विषयमा समेत छलफल गरेको स्रोत बताउँछ । स्रोतका अनुसार ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका छन् ।

प्रदर्शनकारीले संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको घरमा आगजनी र तोडफोड गरिसकेको तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासतर्फ बढिरहेको अवस्थामा प्रधानमन्त्रीले आफू समेत असुरक्षित भएको महसुस गरेका हुन् ।

सरकारले सोमबार साँझ प्रदर्शन हिंसात्मक हुनुको कारणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । यो समितिलाई १५ दिनको समय दिएको छ । तर, मंगलबार कर्फ्यू लगाउँदा पनि प्रदर्शन जारी रहेपछि यो समितिले छानबिन गर्नै नसक्ने र समितिको रिपोर्ट आउने बेलासम्म देशमा नेताहरु सुरक्षित रहनै नसक्ने अवस्था आउन सक्नेप्रति ओली सशंकित छन् । स्रोतका अनुसार ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका छन् ।दुबई उड्नेदुब्#उड्न

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज