Advertisement

स्व.काकी र भाईको सम्झनामा रास्वपा नेता ऐडीद्वारा सत्यवादी माविलाई खेलकुद सामग्री हस्तान्तरण

Advertisement

समीर कठायत,बझाङ- बझाङको छविसपाथिभेरा गाउँपालिका–२ जयपृथ्वी नगर मेल्लेखस्थित सत्यावादी माध्यमिक विद्यालयलाई शनिबार एक विशेष समारोहका बीच शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।

१४९ औँ जयपृथ्वी बहादुर सिंहको जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका जिल्ला सहसचिव तथा संगठन विभाग प्रमुख मुकेश बहादुर ऐडीले आफ्नी स्वर्गीय काकी रुमला ऐडी र भाई उदिप ऐडीको सम्झनामा सामग्री हस्तान्तरण गरेका हुन्।

विद्यालयलाई ९–९ सेट पुरुष तथा महिला खेलकुद पोशाक, ३ वटा भलिबल, १ वटा भलिबल नेट र १ वटा पम्प प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ। सामग्री हस्तान्तरणसँगै विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिसँगै खेलकुदमा पनि प्रोत्साहन मिल्ने विश्वास विद्यालयका शिक्षकहरूले व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री भानुभक्त जोशीले शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउनु विद्यार्थीहरूको जीवनमा अनुशासन, क्षमता र आत्मविश्वास विकासका लागि अपरिहार्य रहेको बताए। उनले यस्ता सहयोगहरूले गाउँ–गाउँका विद्यार्थीलाई थप प्रेरणा दिने उल्लेख गर्दै निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे।

सुर्य बहादुर कडायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सामग्री हस्तान्तरण गर्दै सहसचिव ऐडीले दिवंगत काकी र भाईको सम्झनामा गरिएको यो कार्यले विद्यार्थीहरूलाई खेलकुद तथा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिने बताए। उनले आगामी दिनमा पनि शिक्षा र खेलकुद क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

ऐडी बझाङ जिल्ला छविसपाथिभेरा खेलकुद समितिका सक्रिय सदस्य समेत हुन्। उनका अनुसार शिक्षा र खेलकुदलाई सन्तुलित रूपमा अघि बढाउन सके ग्रामीण क्षेत्रका विद्यार्थीहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज