Advertisement

बाजुराको रामेश्वरी माविमा खानेपानी अभाव, विद्यार्थीले घरबाटै पानी बोकेर लिनुपर्ने बाध्यता

Advertisement

बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिका–५ स्थित रामेश्वरी माध्यमिक विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको चरम अभाव कायम छ। समस्या समाधानका लागि पटक–पटक माग गरिए पनि अहिलेसम्म कुनै पहल भएको छैन।

खानेपानी नहुँदा विद्यालयका २८० विद्यार्थी घरबाटै बोतलमा पानी ल्याएर पिउन बाध्य छन्। शौचालयमा पानी नहुँदा दुर्गन्धित बनेको र प्रयोग गर्नै नसकिने अवस्था रहेको कक्षा १० का विद्यार्थी सुशील बुढाले बताए। “धारा छ तर पानी आउँदैन, शौचालय छ तर सफा छैन,” उनले भने।

विद्यालयका प्रध्यानाध्यापक टेकराज जोशीका अनुसार खानेपानी अभावकै कारण विद्यार्थीलाई पढाइमा समेत असर परेको छ। टाढा घर भएका विद्यार्थीहरूलाई अझ बढी समस्या हुने गरेको उनले बताए। विद्यालय व्यवस्थापन समितिले नगरपालिकासमक्ष बारम्बार मागपत्र बुझाए पनि सुनुवाइ नभएको उनको भनाइ छ।

वडा अध्यक्ष डिल्ली बुढाले समेत रामेश्वरी मावि खानेपानी संकटबाट गुज्रिएको स्वीकार गर्दै नगरपालिकाले अन्य वडाका विद्यालयमा बालमैत्री धारा र शौचालय निर्माण गरे पनि रामेश्वरी मावि भने अझै बेवास्तामा परेको बताए।

यता त्रिवेणी नगरपालिकाले भने ‘एक घर एक धारा’ अभियानमार्फत चाँडै सबै बस्ती र विद्यालयमा खानेपानी सुविधा पुर्‍याइने दाबी गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज