Advertisement

कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

Advertisement

महेन्द्रनगर- रानाथारु समुदायको प्रमुख पर्व तीजको अवसरमा कञ्चनपुरका पाँच स्थानीय तहले आइतबार (साउन ११ गते) सार्वजनिक बिदा दिने भएका छन्। बिदा दिने पालिकाहरूमा कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिका रहेका छन्।

बेलौरी नगरपालिकाका कार्यवाहक प्रमुख जोगराम चौधरीका अनुसार पालिकाले हरेक समुदायका पर्वलाई सम्मान गर्दै रानाथारु समुदायको सांस्कृतिक महत्वलाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो। उनले धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एकता बलियो बनाउने भन्दै खर्चिलो बनाउनेभन्दा पनि आर्थिक मितव्ययिता अपनाउन आग्रह गर
लालझाडी गाउँपालिकाले भने रानाथारु महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वको अवसरमा साउन ११ र १३ गते दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार यी पर्व समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएका छन्।

रानाथारु समुदायले तीज श्रावण शुक्ल तृतीयाका दिन मनाउने परम्परा छ। समुदायका अगुवा प्रेमवती रानाका अनुसार अन्य समुदायमा श्रीमान्को दीर्घायुको कामनाका लागि व्रत बस्ने चलन भए पनि रानाथारु महिलाहरू दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने गर्दछन्।

“दिदीबहिनीहरू माइतीघरमा गई परम्परागत भेषभूषामा सजिएर पिङ खेल्दै माङ्गलिक गीत गाउने गर्छन्”, उनले भनिन्, “यस पर्वलाई हामी ‘सावनको डोला’ भनी चिन्छौँ।”

स्थानीय चेतराम रानाका अनुसार तीज आउनु लगभग १५ दिन अघिदेखि नै दिदीबहिनीहरूलाई निम्ता दिने चलन रहिआएको छ। खेतीपाती सकिएपछि थकान मेट्ने, मनोरञ्जन गर्ने र पारिवारिक बन्धनलाई बलियो बनाउने पर्वका रूपमा तीज मनाइन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज