कैलाली: कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका नगरप्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेका छन् ।
नगरप्रमुख कडेलका अनुसार लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतले आफू ‘हाकिम’ भएको घमण्ड देखाउँदै कार्यपालिका बैठक नबोलाउने, नगरपालिकाका कार्यक्रमहरूमा उपस्थित नहुने लगायतका गतिविधि गर्दै आएका थिए ।
आज सोही विषयमा छलफल गर्न नगरप्रमुख कडेलले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा बोलाएका थिए। पहिलो र दोस्रो पटक बोलाउँदा पनि नआएपछि तेस्रो पटक सचिव जोशीलाई बोलाउन पठाइएको थियो तर, सो क्रममा झगडा चर्किएर हातपातसम्म पुगेको हो ।
सचिव उमेश जोशीका अनुसार, “मैले तिनपटक बोलाएर पनि आउनुभएन” भनेपछि आफू जस्ता व्यक्तिका आदेशमा नआउने भन्दै ‘त को होस र? भन्दै आपत्तिजनक शब्द प्रयोग गर्नुभयो । त्यसपछि मैले आवेशमा आएसँगै हात चलाएँ ।”
घटना भएपछि इलाका प्रहरी कार्यालय मालाखेतीले प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

