Advertisement

केदारस्यूँ गाउँपालिकाको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

Advertisement

बझाङ— बझाङको केदारस्यूँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा गाउँपालिकाबाट वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, परियोजना र सेवा प्रवाहसम्बन्धी कार्यहरुको समिक्षा गर्दै ती काम कति प्रभावकारी र दिगो भए भन्नेबारे अन्तरक्रिया गरिएको थियो। साथै, आगामी वर्षमा विकास र सेवा प्रवाह कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले पालिकाबाट प्रदान हुने सेवाहरूलाई गुणस्तरीय बनाउने उपाय र आगामी कार्यदिशाबारे सुझाव प्रस्तुत गरे। गाउँपालिका उपाध्यक्ष मनिषा धामीले सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने खालका सुझाव राख्नु भयो ।

त्यसैगरी, गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले विगतमा भएका कमीकमजोरी सुधार गर्दै जनमुखी विकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिए।

गोष्ठीमा पालिका मातहतका सबै कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले आ–आफ्नो कार्यक्षेत्रबाट प्राप्त अनुभव, चुनौती र समाधानका उपायहरू प्रस्तुत गर्दै भावी कार्ययोजनाको दिशा तय गर्न सुझाव दिएका थिए।

कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीबीच एक्यवद्धता गर्दै ‘असल पालिका निर्माण’ का लागि आपसी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज