Advertisement

रुसले लुम्बिनीमा बौद्ध मन्दिर निर्माण गर्दै

Advertisement

भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।

रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको हो ।

रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनका अनुसार लुम्बिनी क्षेत्र विकास कोष भित्र रहेको एक बिघा क्षेत्रफल जमिनमा रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भई सन् २०२५ मा निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ । 

रसियन राजदूत असेक्सेई नोभिकोभले एक समारोहकाबिच रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएको भिक्षुहरूको बौद्ध पाठपरायणसहित मन्दिर निर्माणको शिलान्यास गरेका हुन् ।

त्यस अवसरमा रसियाबाट आएका बौद्ध भिक्षु लामाहरू बुँदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमनले विशेष बौद्ध पाठपरायण गरेका थिए । नेपालको सिई कन्स्ट्रक्सनले साढे दुई तले मन्दिर निर्माण सुरु गरेको छ । 

रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल सन् २०२३ मा निर्माण सुरु भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै रसियन राजदूत नोभिकोभले नेपाल रसियामैत्री सम्बन्धमा संस्कृति आदान प्रदान गर्ने उद्देश्यसहित बुद्ध जन्मभूमिको जमिनमा रसियन गुम्बाको निर्माण सुरु गरेको बताए । 

उनले राजदूतले नेपाल रसिया सम्बन्धमा लुम्बिनीको ‘रुसी बौद्ध मन्दिर’ कोसेढुङ्गा साबित बन्दै भावी पिँडीका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

शिलान्यास समारोहमा रुस–नेपाल मैत्री समाजका उपाध्यक्ष दिनानाथ राज भण्डारीले दुई देशबिच द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने यो प्रयास संस्कृति संरक्षणमा बुद्धभूमि नेपालको पहिचान थप उजागर बनेको स्पष्ट पारे । 

रुसी बौद्ध समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसारभर शान्ति स्रोत राष्ट्र बन्न सक्ने बताए ।

लुम्बिनी विकास कोषका अनुसार ४० वटा देश तथा संघसंस्थासँग संरचना निर्माणका लागि सम्झौता भएको हो । झण्डै १२ प्रतिशत जनसङ्ख्या बौद्धमार्गी भएको मुलुक रुसले अबको दुई वर्षमा मन्दिर निर्माण सम्पन्न गर्ने जनाएको छ ।

– गोरखापत्रबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज