Advertisement

जनसेवामा खरो डिएसपी भट्टको सरुवा, बझाङबासी भावुक

Advertisement

बझाङ,

सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टको सरुवा भएपछि जिल्लाभर भावुकता छाएको छ। लामो समयदेखि बझाङ जिल्लामा सेवा दिँदै आएका डिएसपी भट्ट धनगढीको अत्तरियामा सरुवा भएपछि स्थानीयवासी र सुरक्षाकर्मीहरू भावुक बनेका छन्।

करिब एक वर्षभन्दा बढी समयसम्म बझाङमा कार्यरत रहँदा उनले जनतासँगको निकट सम्बन्ध, सरल व्यवहार र शान्ति सुरक्षामा देखाएको सक्रियताले उनलाई अत्यन्त लोकप्रिय बनाएको थियो। दुर्गम जिल्ला बझाङमा खटिँदा उनले प्रशासनिक मात्र नभइ मानवीय सेवा पनि उल्लेखनीय रूपमा पुर्‍याएका थिए।

स्थानीयहरूका अनुसार डिएसपी भट्ट सदरमुकाम चैनपुरस्थित प्रहरी ब्यारेकबाट दिनमा दुई पटक बजार अनुगमन गर्न नछोड्ने अधिकारी थिए। “उहाँ बजारमा नआएमा आज डिएसपी कता होलान् भन्ने चिन्ता हुन्थ्यो,” एक स्थानीयले भने, “हामी उहाँका ठूला फ्यान थियौं।”

उनको व्यवहार, नेतृत्वशैली र समुदायसँगको आत्मीयता स्थानीयवासीका लागि प्रेरणादायी बनिरहेको थियो। समाजका दुखी, गरिब, अशक्त तथा बृद्धबृद्धालाई सहयोग गर्नु उनको दैनिकीजस्तै थियो। जयपृथ्वी नगरपालिका–७ सुवेडाका एक ७० वर्षीय वृद्धले भने, “उहाँले मलाई आफ्नै गाडीमा राखेर घरसम्म पुर्‍याउनु भयो। यस्तो मान्छे त भगवानजस्तै लाग्यो।”

डिएसपी भट्टको सरुवाले नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी र सर्वसाधारणमा गहिरो निराशा छाएको छ। जिल्लाका थुप्रै कार्यक्रममा उनको उपस्थिति अनिवार्यझैँ मानिन्थ्यो। उनी नभएका कार्यक्रममा खल्लो महसुस हुने गरेको सहभागीहरूको भनाइ छ।

जनसमुदायसँग आत्मीय सम्बन्ध बनाएका, अनुशासित र सेवामुखी डिएसपी भट्टको योगदानलाई बझाङबासीहरूले कहिल्यै भुल्न सक्दैनन्। “सरुवा नभएको भए राम्रो हुन्थ्यो,” भनी धेरैजसोले प्रतिक्रिया जनाएका छन्।

बझाङका लागि एउटा प्रेरणादायी सेवा यात्रामा अब विश्राम लिँदै अत्तरियातर्फ प्रस्थान गरेका डिएसपी दुर्गाप्रसाद भट्टको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामनासहित बझाङले बिदाई गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज