Advertisement

धनगढीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु, ३० जना युवालाई लक्षित

Advertisement

धनगढी, असार ८ – राष्ट्रिय युवा संघ नेपाल र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ धनगढीमा सुरु भएको छ। विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका क्षेत्रमा युवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित सात दिने तालिम सुरु गरिएको हो।

तालिम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव  अरुण कुँवरको समन्वयमा सञ्चालित छ। तालिमको पहिलो दिन आज सशस्त्र प्रहरी बल, ३४ नम्बर गण नेपाल, कैलालीको परिसरमा विविध विषयमा व्यवहारिक प्रशिक्षण दिइयो।

उद्घाटन कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल कैलालीका प्रमुख सुरेन्द्र राज रञ्जितले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तथा कैलाली जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोगन बहादुर हमाल उपस्थित थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव अरुण कुँवर, केन्द्रीय सदस्य दीपेन्द्र खड्का, तालिम प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार सारु, निरीक्षक कमल प्रसाद जोशी, तथा सशस्त्र प्रहरीहरू चेतेन्द्र मल्ल, रमेश अवस्थी, कैलाश चौधरी र रवि चौधरीको समेत उपस्थिति थियो।

३० जना युवालाई लक्षित गरी सञ्चालित तालिममा विपद् व्यवस्थापनका विविध पक्षमा व्यवहारिक अभ्यास गराइने आयोजकले जनाएका छन्।

तालिमका सन्दर्भमा केन्द्रीय सचिव कुँवरले भने, “विपद्‌बाट हुने क्षति न्यूनीकरण र पूर्वतयारीमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ। राष्ट्रिय युवा संघ आगामी दिनमा पनि यस्ता सृजनशील तथा जिम्मेवार कार्यक्रमहरू गर्दै जानेछ।”

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि राष्ट्रिय युवा संघले सुरु गरेका यस्ता नवीनतम कार्यले विपद्‌ उत्तरपश्चात् मात्र नभई पूर्वनियोजन र व्यवस्थापनमा समेत उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखहरूले पनि राष्ट्रिय युवा संघ नेपालको प्रयासले विपद् पूर्व अनुमान, व्यवस्थापन र प्रतिकार्य सबै चरणमा युवाको सक्रिय भूमिका सुनिश्चित गर्ने बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज