Advertisement

धनगढीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु, ३० जना युवालाई लक्षित

Advertisement

धनगढी, असार ८ – राष्ट्रिय युवा संघ नेपाल र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ धनगढीमा सुरु भएको छ। विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका क्षेत्रमा युवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित सात दिने तालिम सुरु गरिएको हो।

तालिम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव  अरुण कुँवरको समन्वयमा सञ्चालित छ। तालिमको पहिलो दिन आज सशस्त्र प्रहरी बल, ३४ नम्बर गण नेपाल, कैलालीको परिसरमा विविध विषयमा व्यवहारिक प्रशिक्षण दिइयो।

उद्घाटन कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल कैलालीका प्रमुख सुरेन्द्र राज रञ्जितले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तथा कैलाली जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोगन बहादुर हमाल उपस्थित थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव अरुण कुँवर, केन्द्रीय सदस्य दीपेन्द्र खड्का, तालिम प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार सारु, निरीक्षक कमल प्रसाद जोशी, तथा सशस्त्र प्रहरीहरू चेतेन्द्र मल्ल, रमेश अवस्थी, कैलाश चौधरी र रवि चौधरीको समेत उपस्थिति थियो।

३० जना युवालाई लक्षित गरी सञ्चालित तालिममा विपद् व्यवस्थापनका विविध पक्षमा व्यवहारिक अभ्यास गराइने आयोजकले जनाएका छन्।

तालिमका सन्दर्भमा केन्द्रीय सचिव कुँवरले भने, “विपद्‌बाट हुने क्षति न्यूनीकरण र पूर्वतयारीमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ। राष्ट्रिय युवा संघ आगामी दिनमा पनि यस्ता सृजनशील तथा जिम्मेवार कार्यक्रमहरू गर्दै जानेछ।”

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि राष्ट्रिय युवा संघले सुरु गरेका यस्ता नवीनतम कार्यले विपद्‌ उत्तरपश्चात् मात्र नभई पूर्वनियोजन र व्यवस्थापनमा समेत उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखहरूले पनि राष्ट्रिय युवा संघ नेपालको प्रयासले विपद् पूर्व अनुमान, व्यवस्थापन र प्रतिकार्य सबै चरणमा युवाको सक्रिय भूमिका सुनिश्चित गर्ने बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज