नेकपा माओवादि केन्द्र पार्टि को भातृ बिधार्थि संगठन अखिल क्रान्तिकारी “विद्यार्थी सँग अखिल (क्रान्तिकारी ) ”
३ महिने संगठन सुदृढीकरण एवम् शैक्षिक जागरण अभियानको सुदुरपश्चिम कमाण्ड अन्तरगतको अभियान कैलाली बहुमुखी क्याम्पस धनगढीबाट पार्टीका स्थाइ कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता कम्रेड खगराज भट्ट को प्रमुख आतिथ्यतामा सुदुरपश्चिम कमाण्ड इन्चार्ज तथा उपाध्यक्ष उमेश कडेल लाइ संगठनको झण्डा हस्तान्त्रण गर्दै उद्घाटन गर्नुभएको छ ।
अभियानका कमाण्ड इन्चार्ज उमेश कडेल को अध्यक्षता मा सुरुभएको अभियानको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संगठन प्रदेशका फ्र्याक्सन इन्चार्ज लक्षीराम आचार्य , वैतडी पार्टीका जिल्ला संयोजक शंकर भण्डारी लगायतका नेता हरुले अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपमहासचिव तथा प्रदेश इन्चार्ज रामचन्द्र भट्ट ले राख्नुभएकोथियो भने कार्यक्रमको सञ्चालन संगठनका जिल्ला उपाध्यक्ष पवन सुनारले गर्नुभएको थियो । अभियान कै क्रममा सोहि क्याम्पास्का विधार्थीहरुसंग विधार्थीका समस्या र समाधान विषयक सम्बाद कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

