Advertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ‘कुशल फार्मेसी अभ्यास’ कार्यशाला सम्पन्न

Advertisement

कर्णाली, जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत फार्मेसी महाविद्यालयको आयोजनामा पहिलोपटक ‘कुशल फार्मेसी अभ्यास’ सम्बन्धी एकदिने कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। फार्मेसी शिक्षा र अभ्यासको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यशालामा विभिन्न शैक्षिक तहका विद्यार्थी, प्राध्यापक तथा क्षेत्रीय सरोकारवालाहरू गरी ७५ जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यशालामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत तेस्रो, चौथो र पाँचौं सेमेस्टरका विद्यार्थीहरूका साथै कर्णाली प्राविधिक शिक्षालयका दोस्रो र तेस्रो वर्षका १० जना विद्यार्थी तथा ६ जना प्राध्यापकहरूको सहभागिता थियो।

कार्यक्रमका प्रमुख वक्ता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फार्मेसी विभाग प्रमुख डा. राजकुमार थापा हुनुहुन्थ्यो। आफ्नो चार दशकभन्दा लामो व्यावसायिक यात्राको अनुभव सुनाउँदै डा. थापाले नेपालमा फार्मेसी अभ्यासको ऐतिहासिक विकास, वर्तमान चुनौती र आगामी सम्भावनाहरूको सन्दर्भमा विस्तृत प्रस्तुति दिनुभयो। उहाँको प्रस्तुति विद्यार्थीहरूका लागि निकै प्रेरणादायी र ज्ञानवर्धक रह्यो।

त्यसैगरी, काठमाडौं विश्वविद्यालयका उप–प्राध्यापक तथा फार्मेसी अभ्यासमै विद्यावारिधि गरिरहनुभएका बद्री केसी ले पनि कार्यशालामा आफ्नो विचार प्रस्तुत गर्दै फार्मेसी सेवाको गुणस्तर, व्यावसायिक आचारसंहिता र उत्तरदायित्वपूर्ण अभ्यासको महत्त्वमाथि प्रकाश पार्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा काठमाडौं विश्वविद्यालय फार्मेसी संकायका पूर्व प्रमुख प्राध्यापक उत्तम ढुंगाना र प्राध्यापक दुर्गा बिष्ट को उपस्थिति रहनुले कार्यक्रमलाई थप गौरवमय बनाएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रतिष्ठानका निमित्त उप–कुलपति डा. डबल धामी ले फार्मेसी संकायलाई बधाई दिँदै यस्ता ज्ञानमूलक कार्यशाला निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले फार्मेसी शिक्षामा व्यवहारिक पक्षलाई जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमहरू छात्र–छात्राहरूका लागि अभिप्रेरणादायी हुने बताउनुभयो।

कार्यक्रमका संयोजक तथा फार्मेसी संकायका उपप्राध्यापक डा. दीर्घराज जोशी ले सम्पूर्ण सहभागीहरू, वक्ताहरू, विशिष्ट अतिथिहरू तथा सहयोगी संस्थाहरूप्रति आभार प्रकट गर्नुभयो। उहाँले चन्दननाथ उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय जुम्ला लगायतका सहायक संस्थाहरूको निरन्तर साथले कार्यक्रम सफल भएको उल्लेख गर्नुभयो।

कार्यशालाको व्यवस्थापन पनि अत्यन्त सराहनीय रह्यो। सहभागीहरूले कार्यशालामा पूर्ण ध्यान दिन सकून् भन्ने उद्देश्यले आयोजकले प्रातःकालीन जलपान, मध्याह्न भोजन, सन्ध्याकालीन चिया–नास्ता र समापनपछि जुसको उत्कृष्ट व्यवस्था गरेका थिए।

कार्यक्रमको समापनमा सहभागी विद्यार्थीहरूमध्ये पाँचजनाले आ–आफ्ना विचार प्रस्तुत गर्दै कार्यशालाबाट प्राप्त ज्ञान, अनुभव र भावनाहरू साझा गरेका थिए। उनीहरूले यस्ता कार्यक्रममा सहभागी हुन पाउनु आफ्ना लागि ठूलो अवसर भएको जनाएका थिए।

यस किसिमका कार्यशालाले फार्मेसी क्षेत्रको विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज