धनगडि । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले आज (शक्रबार) आदेश सुनाउँदैछ । लामिछाने रिहा हुने अपेक्षा सहित प्रदेश सभापति प्रकाश बिष्ट महामन्त्री सन्तोश जोशि र अन्य राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा ) का नेता कार्यकर्ता तथा समर्थकहरू सुदुरपश्चिम प्रदेश कार्यालयमा भेला भएका छन् ।
लामिछानेलाई रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर,उच्च अदालत तुलसीपुरले हिरासतमा राख्ने आदेश दिएपछि रविपत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

