Advertisement

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा प्रमुख प्रतिपक्षी नेकपा एमालेको घेराबन्दीमा..!!

Advertisement

महेन्द्रनगर – कृष्णपुर नगरपालिका का नगर प्रमुख हेमराज ओझाले चालेका पछिल्ला केही कदममा एमालेका स्थानीय नेताहरूले बारम्बार अड्को थापिरहेका छन्।
ओझाले २०८१ चैत्र ३१ गते नगर कार्यपालिकाबाट विद्यार्थी भर्ना सम्बन्धि दुई निर्णय गराएका थिए।
जनप्रतिनिधि, सामुदायिक विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघका पदाधिकारी, सदस्य, शिक्षक, कर्मचारीका सन्तान (छोराछोरी, नाति नातिनी) एवं एकाघरका सबै बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने र निजी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारी अभिभावक एवं अन्य संलग्न व्यक्तिले सामुदायिक विद्यालयको कुनै पनि प्रशासनिक निकाय तथा व्यवस्थापकीय जिम्मेवारीमा नरहने निर्णय गरेको थियो।

नगरपालिकाले गरेका दुवै निर्णय कार्यान्वयनका लागि भन्दै ३१ चैत ०८१ मा सम्बन्धित सरोकारवालालाई पत्राचार गरेको थियो। तर यसमा एमालेका कृष्णपुर नगर कमिटी अध्यक्ष कुबेर खड्कालगायत उच्च अदालत पुगे। जनप्रतिनिधि, विद्यालय व्यवस्थापक समितिका पदाधिकारी, सदस्य, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने कृष्णपुर नगरपालिकाको निर्णयविरुद्ध उच्च अदालत पुगेका निजी विद्यालय सञ्चालकहरूलाई अदालतले अन्तरिम आदेश दिएन।

निजी विद्यालयका सञ्चालक समेत रहेका खड्का नगरपालिकाको निर्णयले बाल अधिकार हनन भएको भन्दै अदालत पुगेका थिए। तर, अदालतले उनीहरूको मागअनुसार अन्तरिम आदेश दिएन। खड्का कृष्णपुर नगरपालिका–५ ज्योति इङ्लिस बोर्डिङ स्कुलका सञ्चालन समेत हुन। मेयर ओझाविरुद्धको मोर्चाबन्दीमा अदालतबाट पनि खड्का समूह फेल भएपछि अहिले अर्को तिकडम गरिरहेको खुलेको छ।

खड्का अब पार्टीलाई नै मेयर ओझाविरुद्ध अघि बढाइरहेका छन्। नेकपा एमालेले कृष्णपुर नगर कमिटीको ‘लेटर प्याड’मा शिक्षक दरबन्दी मिलानको विषय आलोचना गरिएको छ। मेयर ओझालाई एमालेले ८ बुँदे माग पत्र बुझाउँदै सच्चिन ध्यानाकर्षण गराएको छ। दरबन्दी मिलानमा आफूनिकटलाई यथावत राख्ने र अनयलाई सरुवा गर्ने नीति मेयर ओझाले लिएकोले रोक्न एमालेले आग्रह गरेको छ।

बालविकासदेखि कक्षा १० सम्म नगरपालिकाले जारी गरेको सूचना बमोजिम नै अनिवार्य रूपमा पाँच वर्षे सेवा अवधि पुरा गरेका शिक्षक दरबन्दी मिलानमा सबैलाई नियम अनुसार सार्नुपर्ने उनीहरुको माग छ। नेकपा एमाले कृष्णपुरले कृष्णपुर नगरपालिका नगर शिक्षा समितिले बैशाख ३१ गतेको बैठकको निर्णय तत्काल सार्वजनिक गरिनु पर्ने, प्रचलित शिक्षा ऐन, शिक्षा नियमावली–२०५९, शिक्षा सेवा संचालन नियमावली– २०७५, सरुवा सम्बन्धीका प्रचलित कानुनअनुसार विभिन्न तह र नियुक्ति मिति अनुसार दरबन्दी मिलान गर्नुपर्ने लगायत माग गरेका छन्।

नियमअनुसार यथाशीघ्र दरबन्दी मिलान नगरी स्वार्थ प्रेरित नै भएर गरिए आन्दोलनमा जाने चेतावनी दिइएको छ। कृष्णपुरका मेयर ओझाले भने एमाले नगर कमिटीले आफूमाथि लगाएको आरोप सत्य नभएको बताए। ‘यो आरोप मात्रै हो, यसमा कुनै सत्यता छैन’ उनले भने।

मेयर ओझाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान रोक्न अदालत पुग्ने व्यक्तिको हस्ताक्षरको माग पत्र आफूले बुझेको बताए। ‘मैले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दा त्यस विरुद्ध अदालत जाने व्यक्तिको हस्ताक्षर सहितको माग पत्र आएको छ’ उनले भने, ‘यो कुरा सबैलाई बुझेका छन्।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज