Advertisement

धनगढीमा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

 

धनगढी, वैशाख १९ –१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (विश्व मजदुर दिवस) को अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, धनगढीको हलमा सम्पन्न भयो।

उक्त कार्यक्रम सङ्घका अध्यक्ष लक्ष्मण ठकुराठीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घका केन्द्रीय उपाध्यक्ष मिन शाहको उपस्थिति थियो।

विशिष्ट अतिथिहरूमध्ये सङ्घका संस्थापक अध्यक्ष तथा  पिन धनगढीका अध्यक्ष सन्तोष वर्णवाल, निवर्तमान अध्यक्ष दिनेशराज भट्ट, नेपाल औषधि व्यवसायी सङ्घ कैलालीका अध्यक्ष प्रेम बिसी, उपाध्यक्ष डम्मर ऐरी तथा नेपाल औषधि थोक व्यवसायी सङ्घ सुदूरपश्चिम कार्यसमिति सदस्य राजेन्द्र जोशी सहभागी थिए।

कार्यक्रममा श्रमिक दिवसको ऐतिहासिक पृष्ठभूमि, औषधि प्रतिनिधिहरूको योगदान, तथा रक्तदान जस्तो मानवीय कार्यमार्फत समाजसेवामा सक्रिय सहभागी बन्ने संस्कृतिबारे मन्तव्यहरू राखिएको थियो। वक्ताहरूले १३६औं विश्व मजदुर दिवसले सम्पूर्ण श्रमजीवी वर्गलाई हक, अधिकार र स्वतन्त्रताको रक्षार्थ एकतामा बाँध्ने प्रेरणा दिने विश्वास व्यक्त गरे।

त्यसैगरी, नेपालको संविधानले नागरिकहरूलाई रोजगारीको हक सुनिश्चित गर्नुका साथै श्रमिकलाई उचित पारिश्रमिक, समान अवसर तथा लैङ्गिक भेदभावविना काम गर्न सक्ने वातावरणको ग्यारेन्टी गरेको उल्लेख गरियो।

वक्ताहरूले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक तथा सामाजिक सुरक्षाजस्ता श्रमिक अधिकारलाई सुदृढ बनाउन मजदुर दिवसले प्रेरणा दिइरहेको धारणा व्यक्त गरे।

‘आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन’ भन्ने नारासहित सन् १८८६ मा अमेरिकाको शिकागोमा भएको श्रमिक आन्दोलनको स्मरण स्वरूप प्रत्येक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। नेपालमा २००७ सालमा विराटनगरबाट सुरु भएको श्रमिक आन्दोलनपछिबाट श्रमिक अधिकारको लहर चलेको थियो। वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछिबाट सरकारले मे १ तारिखलाई सार्वजनिक बिदाका रूपमा मान्यता दिएको हो।

रक्तदान कार्यक्रममा औषधि प्रतिनिधि, व्यवसायी, सामाजिक अभियन्ता तथा स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजक संस्थाले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै आभार प्रकट गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज