Advertisement

पूर्वमन्त्री धर्मबहादुर चौधरीले सेवाग्राहीबाट लिएको रकम फिर्ता गरे, ‘घुस नभई ऋण’ भएको दाबी

Advertisement

लुम्बिनी :लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरीले सेवाग्राहीसँग लिएको भनिएको रकम फिर्ता गरेका छन्। योजनाको डिपिआर पास गराइदिने प्रलोभनमा पाँच लाख रुपैयाँ लिएको आरोप लागेपछि चौधरीले उक्त रकम हालै फिर्ता गरेका हुन् ।

गत वर्ष २०८० साल असोज महिनामा चौधरीले ‘५० लाखको योजना पास गराइदिन्छु, त्यसका लागि १० प्रतिशत तिर्नुपर्छ’ भन्ने शर्तमा पाँच लाख रुपैयाँ मागेको सेवाग्राहीको दाबी थियो। उनले चौधरीकै निर्देशनअनुसार रकम आईपीएस प्रणालीमार्फत पठाएको र त्यसको बैंक रसिदसमेत सार्वजनिक गरिएको थियो ।

तर रकम पठाइएपछि योजना नअगाडि बढेको, कुनै लिखित प्रक्रिया शुरू नभएको र चौधरीसँग सम्पर्क नै टुटेको सेवाग्राहीको भनाइ थियो । जब रकम फिर्ता माग्न थालियो, चौधरीको व्यवहार आक्रामक भएको आरोप लगाइएको थियो ।

यो प्रकरण बाहिर आएपछि चौधरीले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार उक्त रकम योजनासँग सम्बन्धित घुस नभई व्यक्तिगत सापटी (ऋण) थियो । “योजना मिलाइदिन्छु भनेर लिएको होइन, उधारो मागेर लिएको पैसा हो,” चौधरीले दाबी गरेका छन् ।

उनले विवाद चर्कन नदिन र सेवाग्राहीको असहजता बुझेर रकम फिर्ता गरिएको बताएका छन् । “अब विषय सकियो, मैले पैसा फिर्ता गरिसकेको छु,” पुर्व मन्त्री चौधरीको भनाइ छ ।

तर चौधरीको यस्तो दाबीपछि पनि प्रश्नहरू भने अझै मेटिएका छैनन् । राजनीतिक विश्लेषकहरूका अनुसार, मन्त्रीजस्तो संवैधानिक पदमा बसेका व्यक्तिले निजी व्यक्तिसँग ठूलो रकम सापटी लिनु नै नैतिकताको दृष्टिकोणले समस्याजनक हो । पद, पहुँच र प्रभावको सन्दर्भमा यस्तो लेनदेन प्रभाव र स्वार्थको सन्तुलनमा परेको अस्वस्थ संकेत मानिन्छ ।

पैसा फिर्ता गरिनु आफैंमा सकारात्मक पहल भए पनि, यो घटनाले सार्वजनिक पदमा रहेकाहरूले पारदर्शिता, जवाफदेहिता र नैतिक मापदण्डको पालना गर्नुपर्ने सवाललाई फेरि एकपटक उठाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज