Advertisement

बुंगललाई सहायक सिडिओको चेतावनी : १५ दिनभित्र अटो नियमन गर

Advertisement

बझाङ — बुंगल नगरपालिकामा अटो रिक्साका भाडादर र व्यवस्थापनमा देखिएको लापरबाहीप्रति असन्तुष्टि जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी (सपजिअ) सत्यकुमारी जोशीले नगरपालिका प्रमुखलाई १५ दिनभित्र सुधार गर्न कडा चेतावनी दिनुभएको छ ।

बझाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रममा बोल्दै सपजिअ जोशीले अनियमित र मनपरी भाडा असुली तत्काल रोकिनुपर्ने बताउनुभयो।
“१५ दिनभित्र अटो भाडा दर तय गरी व्यवस्थित गर्नू,” उहाँले कडाइका साथ निर्देशन दिनुभयो, “नत्र कडा कानुनी कारवाहीको सामना गर्न तयार रहनुहोस्।”

बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीसमक्ष प्रत्यक्ष रूपमा चेतावनी दिँदै जोशीले स्थानीय सरकार नै बेखबर बनेर नागरिकलाई सास्ती दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ट्राफिक प्रमुख विनोद विष्टले समेत भाडा, नम्बर प्लेट र मापसेसम्बन्धी नियम उल्लंघनमा कडाइका साथ कारवाही गरिने जानकारी गराउनुभएको थियो ।

स्थानीयवासी र सञ्चारकर्मीहरूले पनि अटो भाडा व्यवस्थापन र नियमन को माग गर्दै धेरैपटक ध्यानाकर्षण गराएका थिए। तर, बेवास्ता भएपछि  प्रशासनले प्रत्यक्ष दबाब दिन थालेको हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज