बझाङ — जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले केदारस्युँ गाउँपालिका–९, झोतामा ‘ट्याक्टर बहस कार्यक्रम गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नव-प्रवर्तनिय कार्य अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा ट्राफिक नियम उल्लंघनका कारण लाग्ने जरिवाना, कानुनी प्रावधान, सावधानीका उपायहरू, बीमा नपाउने अवस्था लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। नागरिकलाई सवारी सम्बन्धी जानकारी दिई सचेत बनाउने र सवारी दुर्घटनाबाट हुने धनजनको क्षति न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद कुमार बिष्टले जानकारी दिए।
कार्यक्रममा केदारस्यूँ गाउँपालिका-९ का वडाध्यक्ष नन्दलाल बोहरा प्रमुख अतिथिका रूपमा सहभागी थिए, भने ट्याक्टर मालिक, चालक, सहचालक, अन्य सवारी चालक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

