Advertisement

१६ वर्षमै डिभोर्सको पीडा- मिस पविको जीवन कथा, आँसु र आशाको संगालो

Advertisement

काठमाडौं- चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै डिभोर्स भएको खुलासा गरेकी छन्। हालै एक युट्युब अन्तर्वार्तामा उनले आफ्ना व्यक्तिगत संघर्ष, पीडा र जीवनबाट सिकेका पाठबारे खुलेर बोलेकी हुन्।

उनले कानुनी रूपमा विवाह नभए पनि वैवाहिक सम्बन्ध टुटेको बताइन्। “म उसलाई कहिल्यै नराम्रो भन्न चाहन्न,” उनले भनिन्, “जे भयो, सकियो। पछुतो छैन। त्यो अनुभवबाट जीवनका धेरै कुरा सिकेँ, अगाडि बढ्नुपर्छ भन्ने थाहा पाएँ।”

डिभोर्सको कुरामा मात्रै अल्झिरहनु ठीक होइन भन्ने धारणा राख्ने मिस पविले, विगतमा बसेर रोइरहने र दोषारोपण गरिरहनु व्यर्थ भएको बताउँछिन्। “त्यस समय म बच्चै थिएँ। अहिले २५ वर्षकी भइसकेकी छु, धेरै कुरा बुझ्न थालेकी छु,” उनले भनिन्।

उनी भन्छिन्, “कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ। म आएको समाजमा त्यस्ता घटनालाई सहज रूपमा लिइँदैन। तर समयसँगै ती सबै कुराहरू कट्दै गए।”
मिस पविले आफ्नो जीवनमा धेरै सकारात्मक काम गरे पनि समाजले सधैं नराम्रो पक्ष मात्र कोट्याउने गुनासो गरेकी छन्।

“मैले धेरै राम्रो कुरा पनि गरेकी छु। तर मान्छेले सधैं नराम्रो कुरालाई मात्र देख्छन्,” उनले भनिन्, “त्यो घटना मेरो जीवनको ठूलो दशा थियो, जुन अब कटिसकेको छ।”

स्मृतिमा हराउँदै उनले भनिन्, “अहिले फर्केर हेर्दा, त्यो बेला सानो लाग्छ। स्कुलका साथीहरू पनि अब साथमा छैनन्,” भन्दै उनले भावुक हुँदै आँसु पनि बगाइन्।

हाल मिस पवि टेलिभिजन शो ‘कमेडी दरबार’ मा ब्यस्त छन्। उनले केही समयअघि मात्र फिल्म ‘माग्ने राजा’ को छायांकन पूरा गरेकी छन्, जुन चाँडै सार्वजनिक हुने तयारीमा छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज