Advertisement

देशभर २२ लाख बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

Advertisement

काठमाडौँ— आज र भोलि (शनिबार र आइतबार) देशभर करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो औषधि वितरण गर्न लागेको हो।

स्वास्थ्य सेवा विभागका अनुसार, ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। त्यसका साथै बालभिटा पनि दिइने र बालबालिकाको पोषण अवस्था परीक्षण गरिनेछ।

स्वास्थ्यकर्मीहरूका अनुसार कुपोषण अझै पनि बालबालिकामाझ गम्भीर समस्या हो। भिटामिन ‘ए’ को कमीले दृष्टिमा असर पर्नुका साथै रतन्धो, आँखामा घाउ जस्ता समस्या देखिने भएकाले नियमित रूपमा औषधि खुवाइँदै आएको छ।

जुका सरसफाइको अभावमा शरीरमा पस्ने गर्छ र आन्द्रामा घाउ बनाएर पोषक तत्त्व सोस्छ, जसले गर्दा बच्चा कुपोषित बन्दै जान्छ। भिटामिन ‘ए’ ले दृष्टि सुधार गर्छ भने जुकाको औषधिले शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ।

कार्यक्रममा देशभरबाट करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएका छन्।

सरकारले भिटामिन ‘ए’ कार्यक्रम २०५० सालमा आठ जिल्लाबाट सुरु गरेको थियो भने २०५९ सालदेखि देशभर विस्तार गरिएको हो। जुकाको औषधि कार्यक्रम २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ मा देशव्यापी बनाइएको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज