Advertisement

कैलालीमा ५.६ ग्राम हेरोइन र ७२ ट्याब्लेटसहित १२ जना पक्राउ

Advertisement

कैलाली, चैत २७ – लागु औषध कारोबार तथा प्रयोगमा संलग्न रहेको आशंकामा कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोइन र ७२ थान प्रतिबन्धित ट्याब्लेटसहित १२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २०७८ चैत २६ गते प्राप्त गोप्य सूचनाका आधारमा घोडाघोडी नगरपालिका–०१ सुखडस्थित गौरभ आचार्यको घरमा लागू औषध प्रयोग भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, सुखडबाट खटिएको टोलीले २५ वर्षीय गौरभ आचार्य, ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ र २२ वर्षीय भिम बोहरालाई ३.५८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

त्यस्तै, टिकापुर नगरपालिका–०९ स्थित खक्रौला चेकपोष्ट नजिक इलाका प्रहरी कार्यालय, टिकापुरको टोलीले १८ वर्षीय सन्तोष बिक र २३ वर्षीया बन्दना बिकलाई १.४२ ग्राम हेरोइनसहित नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–०६, ०७, ०९ र आसपासका क्षेत्रहरूमा खटिएको अपराध अनुसन्धान समूहले २२ वर्षीय विवेक राना, १८ वर्षीय आकाश राना, २२ वर्षीय भिम सुनार, २६ वर्षीय दिनेश बोहरा र २५ वर्षीय विशाल बोहरालाई ६६० मिलिग्राम हेरोइनसहित पक्राउ गरेको छ।

यसैगरी, बहुलिया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उपमहानगरपालिका–१९ ललिपुरघाटबाट २८ वर्षीय रोहित बोगटी र २२ वर्षीय लोकेन्द्र खड्कालाई ७२ वटा प्रतिबन्धित ट्याब्लेटसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा कारबाहीका लागि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज