Advertisement

धनगढीमा नेकपा एमालेको प्रदेशस्तरीय विशेष सभा चैत २९ मा

Advertisement

धनगढी— नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले यही चैत २९ गते धनगढीको पार्कमोडमा प्रदेशस्तरीय बृहत् विशेष सभा आयोजना गर्ने भएको छ।

पार्टीको प्रदेश प्रचार तथा प्रकाशन विभागको शुक्रबार बसेको बैठकले विशेष सभाको तयारी तीव्र पारिएको जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध खबरदारी गर्न सभा आयोजना गर्न लागिएको विभाग प्रमुख तथा प्रदेश उपसचिव भागरथी विष्टले जानकारी दिइन्।

नेकपा एमालेले हाल देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रूपमा यो सभा कैलालीमा आयोजना गर्न लागिएको प्रदेश सचिव रणबहादुर चन्दले बताए। “एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानको भागका रूपमा यो सभा आयोजना हुँदैछ,” उनले भने।

पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि जनतालाई सचेत बनाउन बृहत् कार्यक्रम आयोजना गरिएको बताए। “पूर्वराजाका नाममा अराजक तत्वहरूले समाजमा अशान्ति सिर्जना गर्ने गतिविधि गरिरहेका छन्, त्यसविरुद्ध खबरदारी गर्न पनि सभा आयोजना गरिएको हो,” उनले भने।

सभामा एमालेका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले परिवर्तन पक्षधर आम जनता, सबै तहका नेता तथा कार्यकर्ताहरूलाई सभामा सहभागी हुन आह्वान गरेका छन्।

“परिवर्तनविरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन र जनताको साथमा एमाले छ भन्ने सन्देश दिन सभा आयोजना गरिएको हो,” इन्चार्ज भट्टले बताए। पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिको अवसरका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज