Advertisement

बाजुराको झुगोलामा निर्माणाधीन पुलको कार्य तीन वर्षको अवधिमा ३० प्रतिशत मात्रै

Advertisement

बाजुरा- बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका बिचमा पर्ने कर्णाली नदीको झुगोलामा निर्माणाधीन पुलको ३० प्रतिशत मात्र काम भएको छ। उक्त पुल निर्माण कार्य तीन वर्षको अवधिमा जम्मा ३० प्रतिशत मात्र काम भएको हो । सो पुल निर्माणका लागि कुशेश्वर कन्ट्रक्सन प्रालिले २०८१ साल मंसिरमा काम सम्पन्न गर्ने गरी २०७९ मंसिरमा ठेक्का सम्झौता भएको थियोे ।

सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाई पक्की पुल निर्माण गर्नुपर्ने हो। त्यसका लागि सो कम्पनीले १४ करोड ४९ लाख रुपीयाँमा सम्झौता गरेको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ। बाजुरा र मुगुलाई जोड्ने गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले रकम विनियोजन गरेको थियो।

यो पुल निर्माण भएपछि यहाँको बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने भएका छन्। यो योजना प्रदेश सरकारबाट आएकोले यसको काम कहिले सुरु भएको हो। कहिलेसम्म सम्पन्न गर्नुपर्ने हो त्यो सबै कुरा पूर्वाधार विकास कार्यालयलाई मुगुलाई नै थाहा हुने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लले बताए।

झुगलामा पक्की पुल निर्माण भएसँगै सुदरपश्चिमका नौ वटै जिल्लाका स्थानीयलाई बाजुरा देखि रारा जान निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताए। उनले भने, “अहिले यहाँ बेलीव्रीज छ। त्यसैबाट बाजुरा देखि मुगुसम्म स्थानीय आउजाउ गर्ने गरेका छन्। पक्की पुल निर्माण भएपछि यहाँका स्थानीय व्यापारी तथा बाहिरबाट आउने पर्यटकलाई समेत निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताए। अहिले यो ठाउँमा बेलिब्रिज पुल निर्माण भएको छ। यसैबाट बाजुरादेखि मुगुमा सवारी समाधन सुचारु हुँदै आएका छन्।

पक्की पुल निर्माण भएपछि बाजुरा देखि मुगु रारा जान निकै सजह हुने स्थानीय बताउँछन। २०७८ सालमा सम्झौता भएपनि सरकारले डिजाईन स्टिमेट निर्माण गर्दा निकै ढिलाई गरेपछि पुल निर्माणको काममा ढिलाई भएको कुशेश्वर कन्ट्रक्सन प्रालि काठमाडौंका ठेकेदार जयराज घलले बताए। उनले भने, “अरु भन्दा कर्णाली नदिमा पुल निर्माण गर्न निकै गाह्रो छ।

यहाँ असारदेखि भदौसम्म पानीको निकै बहाव बढ्छ। पुस बल्ल त्यो पानीको बहाव घट्छ। अर्को यहाँ काम गर्दा केही समान बिग्रीयो भने पनि त्यो समान सपारेर यहाँसम्म पुगाउँन तीन चार महिना लाग्छ। अहिले एक वर्षको म्याद पुन थपिदिएको छ।“ आगामी २०८२ सालको चैतभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी यती बेला काम तीब्र रुपमा भइरहेको ठेकेदार घलेले बताए।

ठेकेदार कम्पनीले सम्झौता गरे अनुसारको काम सम्पन्न नगरेकोले अहिले फेरि म्याद थपेको छ। अहिले एक पील्लरको काम सकेर अर्को बिचको पील्लरको काम सुरु भएको पुर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख कृष्ण चापागार्ईंले बताए। उनले भने, “पुलको निर्माणको डिजाइन गर्दा नै धेरै समय लाग्यो। एक वर्ष त्यसरी नै गयो। एक वर्षपछि बल्ल डिजाइन पुरा भयो। ठेकेदार कम्पनीले त्यसपछि मात्र पुलको काम पनि सुरु गर्‍यो। अहिले फेरि म्याद थपिदिएको छ।“ त्यो म्याद अनुसारमा नै काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम गरिहरको प्रमुख चापागाईले बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज