Advertisement

बझाङमा डेढ वर्षभित्र बन्नुपर्ने सडक र पुल ६ वर्षसम्म अधुरै, ठेकदार सम्पर्कविहीन

Advertisement

बझाङ— बझाङमा ठेक्का सम्झौता भएको ६ वर्ष पुगिसक्दा पनि सडक र पुल नबनेपछि स्थानीयलाई समस्या भएको छ । जिल्लाको मष्टा गाउँपालिका(१, लाछीगाड खोलामा निर्माणाधीन पुल लामोसमयदेखि अलपत्र भएको हो । पुल नहुँदा प्रत्येक बर्खामा गाउँपालिकाका वडा नं २ देखि ७ सम्मका ६ वटा वडामा सडक सम्पर्क विच्छेद हुने गरेको छ । ‘सबै गाउँमा सडक पुगिसकेको छ । अरु बेला गाडीको यात्रा गर्न पाए पनि पुल नहुँदा बर्खामा टाढासम्म हिँडेरै आउजाउ गर्नुपर्छ, मष्टा-४ का बिर्ख बोहराले भने, ‘कोही बिरामी भयो भने पनि डोकोमा बोकेर ६-७ घण्टा लगायर अस्पताल पुर्‍याउनुपर्छ । पुल नबन्दा पालिकाको दुर्गममा रहेका लटौन, ठकुन्ना, रिलु, दय लगायतका गाउँका बासिन्दाले बर्खामा बढी सास्ती बेहोर्नु परिरहेको उनले बताए ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय बैतडीले २०७५ असोजमा पुष्पाञ्जली कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो । कुल लागत करिब ५ करोड रहेको उक्त पुलको आधाभन्दा बढी रकम ठेकदार कम्पनीले भुक्तानी समेत लिइसकेको कार्यालयले जनाएको छ । आधा निर्माण भएपछि पुलको काम बीचैमा छाडेको स्थानीयहरु बताउँछन् । ‘आधाभन्दा बढी काम भइसकेपछि काम बन्द गरेको हो । तीन वर्षदेखि पुल बनाउने कोही पनि आएका छैननन्, पुल निर्माणस्थलसँगै रहेको जिन्नाडा गाउँका विनोद थापा भन्छन्, ‘जनप्रतिनिधिले समेत छिटो निर्माण गरिदिनुपर्‍यो भनेर धेरैपटक अनुरोध गर्दा पनि मानेका छैनन् ।

ठेकदारले अटेर गर्दा पालिकाका अन्य विकास निर्माण पनि अवरुद्ध वडा नं-१ का वडाअध्यक्ष रामचन्द्र रोकायाले बताए । ‘यो पुल नबनेका कारण यहाँका स्थानीयले आवतजावतमा मात्रै समस्या भोगेका छैनन् । बर्खामा विकास निर्माणका काम समेत ठप्प हुने गरेको छ । खाद्यान्न र अन्य उपभोग्य सामान पनि महँगोमा खानुपरेको छ, उनले भने, ‘हामीले जति आन्दोलन गरे पनि ठेकदारले वास्तै गरेको छैन ।

पुल निर्माण अलपत्र छाडिएको बारे ठेकेदार कम्पनी पुष्पाञ्जली कन्स्ट्रक्सनका वीरेन्द्र चन्दलाई धेरै दिनदेखि सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । कार्यालयले ताकेता गर्दा छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाउने तर काम नगर्ने पूर्वाधार विकास कार्यालय बझाङले बताएको छ । ‘चैत सुरुदेखि नै काम सुरु गर्छु भनेको हो, एक महिनाअघि ठेकदारसँग सम्पर्क भएको बताउँदै कार्यालय प्रमुख नृपराज जोशीले भने, ‘अहिले न काम सुरु गरेको छ न त सम्पर्कमा नै छ ।

५० प्रतिशतभन्दा बढी काम भए पनि स्पान, ढलान, पहुँच सडक निर्माण र सुरक्षणका काम बाँकी नै रहेको उनले बताए । तीन पटकभन्दा बढी म्याद थप भइसकेको भन्दै उनले कार्यालयले पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि ठेकदारले काम नगरेको सुनाए । ‘अब अति नै भयो भनेर कारबाहीको प्रक्रिया अघि बढाउने सोचेका छौं, उनले भने ।—– वसन्तप्रताप सिंह कान्तिपुर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज