Advertisement

झोतामा नेरुडे मिर्मिरे संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

Advertisement

धनगढी- बझाङमा नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय केदारस्यूँ गाउँपालिका-९ झोताको आयाेजनामा शनिबार पाण्डब होटलमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम ग्राहकलाई वित्तीय ज्ञान प्रदान गर्न, संस्थाको स्थायित्व बढाउन, ग्राहक विश्वास निर्माण गर्न, नयाँ ग्राहक आकर्षित गर्न, नियामक निकायको माग पूरा गर्न, तथा ऋण र बचत प्रवर्द्धन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख जनक बोहराले कामना टुडेलाई जानकारी दिए ।

उनका अनुसार अमरगढि कलष्टर प्रमुख डण्डिराम बोहराले कार्यक्रममा वित्तिय साक्षरताको महत्व, उदेश्य, आवश्यकता र ओैचित्य, बचत, ऋण र वैकिङ्ग नीति नियम, कर्जा सूचना र कालाेसुचि र यसवाट पर्ने असरका साथै सामाजिक रुपमा वित्तिय संस्थाकाे भुमिका र अहिले वर्तमान अवस्थाकाे बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा शाखा प्रमुख बोहराले केन्द्र ब्यवस्थापन बचतको महत्त्व ,कर्जा सदुपयोग, ग्राहक संरक्षण मोबाइल बैंकिङ सम्बन्धि उपस्थितहरूलाई जानकारी गराएका थिए ।

केन्द्र नं १ का केन्द्र प्रमुख राममाया धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केदारस्यूँ गाउँपालिका- ९ का वडाध्यक्ष नन्दलाल बोहरा रहनुभएको थियोे,, भने विशिस्ट अतिथिमा झोता प्रहरी चौकी कार्यालय इन्चार्ज पदम बलायर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुख गणेश बहादुर बिष्ट रहनुभएको थियोे ।

यसैगरी अतिथिमा राष्ट्रिय अनुसन्धान प्रहरीमा कार्यरत दिनेश रावल, नेरुडे मिर्मिरे लघुवित्तका अमरगढि कलष्टर प्रमुख डण्डिराम बोहरा ,चैनपुर शाखाका शाखा प्रवन्धक तुलाराम भट्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य झोता शाखा कर्मचारी गजेन्द्र जोशीले राखेका थिए। कार्यक्रममा समाजसेवि बाबू सिंह, बजार ब्यवस्थापन अध्यक्ष बिनोद गिरी, चैनपुर शाखामा कार्यरत कर्मचारी चक्र बिष्ट पनि सहभागी थिए । उक्त कार्यक्रमको कार्यक्रम सञ्चालन भरत बहादुर बिष्ट गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज