Advertisement

राजतन्त्रको पुनर्जीवन असम्भव, गणतन्त्रको उन्नति आवश्यक : एमाले नेता महर

Advertisement

सत्यराज सिंह बझाङ- नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक संजालमा नेपालको राजतन्त्रको पुन:स्थापनालाई असम्भव र अनुपयुक्त भएकाे बताए । उनले राजतन्त्रको अस्तित्वलाई ‘आर्यघाटमा दाहसंस्कार गरिसकेको’ भन्दै वर्तमान गणतन्त्रको बिकल्पको रूपमा उन्नत र परिस्कृत गणतन्त्रको आवश्यकता रहेकाे बताएका छन् ।

महरले भने ´हाम्रो पुस्ताले राजतन्त्रको शासकीय कष्ट र पीडा भोगेको छ। जनताको अधिकार कुण्ठित गरेर तिनलाई रैति बनाइएको थियो । हामी, एक्काइसौं शताब्दिका सचेत नागरिक भएको नाताले राजतन्त्रको विरुद्ध लडिरहेका छौं। अब समय आएको छ कि हामी गणतन्त्रको उन्नति र परिस्कृत गर्न जुटौं ।

उनले हिजोको तिनकुनेको घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहको मुख्य दोष रहेको उल्लेख गर्दै, पूर्व राजा ज्ञानेन्द्र शाहलाई सम्पूर्ण सेवासुविधा खोसेर गिरफ्तार गर्नुपर्ने बताएका छन् । महरले राजतन्त्रको पुनर्निर्माणले देशमा हिंसा, लुटपाट र जनताकाे अधिकार हननको स्थितिलाई निम्त्याएर जनतालाई फेरि अन्धकारमा फसाउँने सडयन्त्र भएकाे उल्लेख गरेका छन् ।
साथै, महरले अहिलेको युवापुस्ताले राजतन्त्रको कष्ट र दमनको अनुभव नगरेको भए पनि, उनीहरूले समाजमा हुल्लडबाज र भ्रममा परेको तत्वहरूको प्रभावबाट आफूलाई जोगाउन आग्रह गरेका छन् । राजतन्त्र पुनः फर्किन्छ भने, देशमा विकास र समृद्धिको सम्भावना समाप्त हुने उनकाे भनाई छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज