Advertisement

कैलाली जिल्लाका दुई स्थानमा भएका आगलागी घटनामा लाखौँ रुपैयाँको क्षति

Advertisement

धनगढी, चैत्र १५ – धनगढी उपमहानगरपालिका–३ मा सञ्चालित विवेक फिड इन्डष्ट्रिज प्रा.लि. मा आज दिउँसो १:०० बजे पानी बोइलर मेशिनबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना भएलगत्तै अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी टोली खटिएको थियो। दमकल तथा स्थानीयको सहयोगमा १:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट उद्योगको मेसिन तथा १ ट्रक बराबरको दाउरा जलेर करिब १६/१७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। तर, कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।

यस्तै, भजनी नगरपालिका–७ पृथ्विपुर गौडीमा बेलुका ५:०० बजे मटरु यादवको कच्ची भान्साबाट हावाका कारण आगलागी भएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पृथ्विपुर र भजनीबाट प्रहरी टोली परिचालित भएको थियो। हावाका कारण आगो आसपासका ४/५ वटा कच्ची गोठ र गहुँबारीमा समेत फैलिएको छ। हालसम्म मानवीय तथा चौपाया क्षति नभएको र आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशि का अनुसार दुबै घटनामा मानवीय क्षति नभए पनि ठूलो आर्थिक नोक्सानी भएको छ। उनले भने, “धनगढीमा भएको आगलागी करिब आधा घण्टामा नियन्त्रणमा ल्याइएको थियो भने भजनीमा भइरहेको आगलागी नियन्त्रणका लागि प्रहरी, स्थानीयवासी र दमकलको टोली जुटिरहेको छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज