
धनगढी – भारतको पलियामा नेपाली यात्रुबहाक बस दुर्घटना भएको छ।
भारतको दिल्लीबाट नेपाल आईरहेको नेपाली यात्रुबहाक बस पलियाको भिरा पुल नजिकै शुक्रबार बिहान दुर्घटना भएको हो।
बसमा यात्रुलाई सामन्य चोटपटक लागेको भारतीय प्रहरीले जनाएको छ। बिहिबार दिल्लीबाट दाङका लागि छुटेको बस शारदा नदीको पुल नजिकै पल्टिएको बताइएको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

