Advertisement

ऐश्वर्य क्याम्पस स्ववियु निर्वाचन : तीन विद्यार्थी संगठनबीच प्रतिस्पर्धा , अनेरास्ववियु बलियो दावेदार

Advertisement

धनगढी, चैत ३ – धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको आगामी ५ चैतमा हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा तीन विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी भिडन्त हुन लागेको हो।

नेविसंघले अध्यक्ष पदका लागि दिपक भट्ट लाई उम्मेदवार बनाएको छ भने अनेरास्ववियुले दिपेन्द्र भट्ट (दिपेन) लाई अघि सारेको छ। त्यस्तै, अखिल क्रान्तिकारीले विकास  बिस्ट लाई अध्यक्ष पदमा उम्मेदवारी दिएको छ।

अनेरास्ववियु बलियो दावेदार

अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र भट्ट यसअघि स्ववियु सचिवको भूमिकामा रहेर काम गरिसकेका छन्। उनको नेतृत्वमा मजबुत प्यानल खडा भएकाले अनेरास्ववियुले पुनः जित निकाल्ने दाबी गरेको छ।

भट्टको प्यानलमा उपाध्यक्षमा उमेश बम, सचिवमा प्रदीप खड्का, सहसचिवमा खगेन्द्र बुढा र कोषाध्यक्षमा जुनु चौधरी रहेका छन्। क्षेत्रीय तथा भौगोलिक सन्तुलन मिलाएर उम्मेदवार चयन गरिएको दाबी गर्दै अनेरास्ववियुले पूर्ण प्यानलसहित विजयी हुने दाबी गरेको छ।

अध्यक्षका उम्मेदवार दिपेन्द्र भट्ट विद्यार्थी राजनीति तथा हकहितका मुद्दामा लामो समयदेखि क्रियाशील छन्। उनी अनेरास्ववियुको प्रदेश कमिटी सदस्य समेत हुन्। भट्टले भने, “हाम्रो जित सुनिश्चित छ। विद्यार्थीका हक, अधिकार र सुविधाका लागि लामो समयदेखि संघर्ष गरिरहेका छौँ। विद्यार्थीहरूको माया र समर्थनले हामीलाई जित दिलाउनेछ।”

यसअघि पनि ऐश्वर्य क्याम्पसमा अनेरास्ववियुले चुनाव जितेको थियो। अघिल्लो कार्यकालमा अध्यक्ष कुबेर खड्काको नेतृत्वमा अनेरास्ववियुले स्ववियु चलाएको थियो, जसले गर्दा यस पटक पनि सो संगठनलाई फाइदा पुग्ने अनुमान गरिएको छ।

चुनावी एजेन्डा

चुनावलाई लक्षित गरी विद्यार्थी संगठनहरूले आफ्ना एजेन्डा सार्वजनिक गरिसकेका छन्। प्रमुख मुद्दाहरू निम्न छन् :

1. शैक्षिक सुधार – नियमित कक्षा सञ्चालन, पाठ्यक्रम सुधार, पुस्तकालय तथा प्रयोगशालाको स्तरोन्नति।

2. विद्यार्थी सुविधाहरूको विस्तार – छात्रवृत्ति, यातायात सुविधा, छात्रावासको व्यवस्था।

3. पूर्वाधार विकास – सफा क्याम्पस, शुद्ध खानेपानी, इन्टरनेट जडान, उचित शौचालय सुविधा।

4. विद्यार्थी अधिकारको रक्षा – परीक्षा शुल्क व्यवस्थापन, पुनरावलोकन प्रणाली सुधार, प्रशासनिक पारदर्शिता।

5. खेलकुद तथा अतिरिक्त क्रियाकलाप – वार्षिक खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम आयोजना, क्लबहरूको स्थापना।

6. रोजगारी तथा व्यवसायिक क्षमता विकास – इन्टर्नसिप, तालिम कार्यक्रम सञ्चालन, उद्योग–क्याम्पस सम्बन्ध सुधार।

स्ववियु निर्वाचनले क्याम्पसको विद्यार्थी राजनीति तातिएको छ। तीन संगठनबीच तीव्र प्रतिस्पर्धा रहेकाले अन्तिम नतिजा कस्तो आउँछ भन्ने प्रतीक्षा गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज