Advertisement

किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन तालिम सम्पन्न, पूर्वमन्त्री भानुभक्त जोशीको विशेष उपस्थिति

Advertisement

काठमाडौं :  किशोरावस्थाको स्वास्थ्य तथा महिनावारी व्यवस्थापनसम्बन्धी तीन दिने तालिमको तेस्रो समूह (batch) को समापन भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य शिक्षा, चेतना तथा अधिकार, नेपालको आर्थिक सहयोग तथा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्र को सहकार्यमा आयोजित उक्त तालिममा विभिन्न विद्यालयका स्कूल नर्सहरू सहभागी भएका थिए।

तालिमको समापन समारोहमा पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री  भानुभक्त जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन सम्बन्धी यस्ता तालिमहरूलाई राष्ट्रिय स्तरमा विस्तार गर्नु आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव प्रस्तुत गरे।

हेयर नेपालका अध्यक्ष माधव जोशीले किशोर स्वास्थ्यका लागि स्कूल नर्सहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै राज्यले उनीहरूको दक्षता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

तालिमका प्रमुख प्रशिक्षक प्रा. डा. नर्बदा थापा ले यस कार्यक्रमले स्कूल नर्सहरूको ज्ञानको दायरा फराकिलो बनाएको बताइन्। शिक्षण विधि विज्ञ प्रा. डा. मन्दिरा शाही ले किशोर-किशोरी मनोविज्ञान तथा शिक्षण विधि सम्बन्धी प्रशिक्षण दिएकी थिइन्। साथै, स्वास्थ्य शिक्षा विज्ञ कृष्णबहादुर चन्द र कुञ्जप्रसाद जोशी ले किशोर स्वास्थ्य तथा सचेतनाका विविध पक्षबारे प्रशिक्षण प्रदान गरे।

समापन अवसरमा सहभागी स्कूल नर्सहरूलाई प्रमाणपत्र वितरण गरियो। हेयर नेपालले तालिम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गर्यो।

यो तालिम ८ समूहमा सञ्चालन गरिनेछ, जसअन्तर्गत बागमती प्रदेशका २०० जना स्कूल नर्सहरूलाई प्रशिक्षित गरिने लक्ष्य छ। आयोजकहरूका अनुसार नेपालभर यस्ता तालिमहरू विस्तार गर्न आवश्यक रहेको छ, जसले किशोर स्वास्थ्य प्रवर्द्धन, लैंगिक समानता तथा महिनावारी व्यवस्थापन सम्बन्धी कलङ्क हटाउने प्रयासलाई तीव्रता दिनेछ।

हेयर नेपाल ले भविष्यमा पनि किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज