धनगढी- बझाङको तमैल बजार नजिकै सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
गय रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जयपृथ्वी नगरपालिका- ७ तमैल बजार नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । अहिले उक्त अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन कति समय लाग्ने हो भन्ने यकिन नभएको बताइएको छ।

