Advertisement

बिद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्न गौरीगंगाको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

Advertisement

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका ६ मोया मा रहेको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
हेमा श्री फाउन्डेसन नेपालले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता बिहीबार विद्यालयमा सम्पन्न भएको हो ।
विद्यार्थीहरूको बौद्धिक, सामाजिक र मानसिक विकासलाई लक्षित गरेर हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियोे ।
अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमले बिद्यार्थीहरुको अन्तरनिहित प्रतीभा प्रस्फुटन गर्न र बिद्यार्थीहरुमा बौद्धिक क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरेको संयोजक तथा फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए ।

हाजिर जवाफ विद्यार्थी बिच सदन छुट्टाएर गरिएको थियोे । जसमा रातो सदनले प्रथम, पहेँलो सदनले द्वितीय, सेतो सदनले तृतीय र निलो सदनले सान्त्वना स्थान हासिल गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गरेका विद्यार्थीलाई शैक्षिक सामाग्री र प्रमाणपत्र प्रदानले पुरस्कृत गरिएको थियोे । छ।

कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिका उप-प्रमुख भोज बहादुर बम रहेका थिए ।
हाजिर जवाफ प्रतियोगिताले बिद्यार्थीको पाठयक्रमका साथै बाहिरी ज्ञान आर्जन गर्नमा टेवा पुगेको भन्दै आयोजकलाई धन्यवाद दिँदै उप-प्रमुख बमले बिजेता भएका बिद्यार्थीहरुलाई बधाई दिएका थिए

उनलेे आयोजकलाई आगामी दिनहरुमा पनि अझै बिद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि यस्ता कार्यक्रमहरु सञ्चालन गर्न समेत सुझाव दिए ।

कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष टेक बहादुर कुँवर ले प्रतियोगीतामा सहभागीता जनाउनु नै ठूलो कुरा भएको बताए ।,विद्यालय व्यवस्थापन समिति अध्यक्ष ,शिक्षक अभिभावक संघ अध्यक्ष, अभिभावक,शिक्षक र बिद्यार्थीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो। फाउन्डेसनले बिगत देखि सामाजिक कार्य र बालबालिकाको संरक्षणमा विभिन्न कार्य गर्दै आएको छ।
विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले स्वागत मन्तव्य राखेका थिए भने, कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सत्यराज जोशीले गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज