Advertisement

बिद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्न गौरीगंगाको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

Advertisement

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका ६ मोया मा रहेको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
हेमा श्री फाउन्डेसन नेपालले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता बिहीबार विद्यालयमा सम्पन्न भएको हो ।
विद्यार्थीहरूको बौद्धिक, सामाजिक र मानसिक विकासलाई लक्षित गरेर हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियोे ।
अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमले बिद्यार्थीहरुको अन्तरनिहित प्रतीभा प्रस्फुटन गर्न र बिद्यार्थीहरुमा बौद्धिक क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरेको संयोजक तथा फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए ।

हाजिर जवाफ विद्यार्थी बिच सदन छुट्टाएर गरिएको थियोे । जसमा रातो सदनले प्रथम, पहेँलो सदनले द्वितीय, सेतो सदनले तृतीय र निलो सदनले सान्त्वना स्थान हासिल गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गरेका विद्यार्थीलाई शैक्षिक सामाग्री र प्रमाणपत्र प्रदानले पुरस्कृत गरिएको थियोे । छ।

कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिका उप-प्रमुख भोज बहादुर बम रहेका थिए ।
हाजिर जवाफ प्रतियोगिताले बिद्यार्थीको पाठयक्रमका साथै बाहिरी ज्ञान आर्जन गर्नमा टेवा पुगेको भन्दै आयोजकलाई धन्यवाद दिँदै उप-प्रमुख बमले बिजेता भएका बिद्यार्थीहरुलाई बधाई दिएका थिए

उनलेे आयोजकलाई आगामी दिनहरुमा पनि अझै बिद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि यस्ता कार्यक्रमहरु सञ्चालन गर्न समेत सुझाव दिए ।

कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष टेक बहादुर कुँवर ले प्रतियोगीतामा सहभागीता जनाउनु नै ठूलो कुरा भएको बताए ।,विद्यालय व्यवस्थापन समिति अध्यक्ष ,शिक्षक अभिभावक संघ अध्यक्ष, अभिभावक,शिक्षक र बिद्यार्थीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो। फाउन्डेसनले बिगत देखि सामाजिक कार्य र बालबालिकाको संरक्षणमा विभिन्न कार्य गर्दै आएको छ।
विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले स्वागत मन्तव्य राखेका थिए भने, कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सत्यराज जोशीले गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज