Advertisement

बिर्सिएको बाटो

Advertisement

दिपेन्द्र धामी – बझाङ ।
जीवन अनगिन्ती मोडहरूबाट अघि बढ्छ। कतिपय बाटाहरू यस्ता हुन्छन्, जसलाई हामी कहिले बिर्सन चाहँदैनौँ, तर समयको आँधीबेहरीले ती स्मृतिहरू मेटाउँदै लग्छ। मेरो आफ्नै यात्रामा म स्वयंलाई कतै हराएको महसुस गर्छु।

धेरैपटक ऐनामा हेरेर सोच्छु, “म वास्तवमै को हुँ?” याे नाम, पहिचान, पेसा, पारिवारिक सम्बन्ध—यी सबै कुनै परिचयका आधार हुन सक्छन्, तर वास्तविक म को हुँ भन्ने प्रश्नको उत्तर मसँग छैन। जब बाल्यकालमा पहिलोपटक नाम लेख्न सिकियो, आफूलाई चिन्न बिर्सिएछु, तर जति समय बित्दै गयो, त्यो खोज अलपत्र पर्‍यो।

जीवनको यात्रामा अनेक सम्बन्ध बननेछन्, तर ती सम्बन्धहरू साँचो भए कि झुट, मैले कहिल्यै बुझ्न सकिनँ। आफन्त भन्नेहरूले मप्रति देखाएको रिस, डाहा, ईर्ष्या, घमण्ड र अनावश्यक प्रतिस्पर्धा देख्दा म झस्कन्छु। उनीहरू वास्तवमै मप्रति इमानदार थिए कि केवल आफ्नै स्वार्थका लागि मेरो वरिपरि थिए? यही अन्योलले गर्दा म आफन्तहरूको वास्तविकता चिन्न बिर्सिएँ छु।

शिशु अवस्थामा टेकेको पहिलो पाइला, आमाकाे कोखबाट पृथ्वीमा राखिएको पहिलो अनुभूति सबै बिस्तारै ओझेल परिरहेका छन्। बाल्यकालमा सिकेका पहिलो पाठ, आमा-बुबाले दिएको पहिलो शिक्षा, ती दिनहरूको सम्झना धमिलो हुँदै गइरहेको छ। समयले ती क्षणहरूलाई विस्तारै विस्मृतिको गर्तमा पुर्‍याइरहेको छ।दुर्गम गाउँको धुलोमाटोमा हुर्केको म, आज प्रविधिको समयमा हराउँदै छु। जहाँ खेल्दै हुर्किएँ, जहाँ जीवनको पहिलो शब्द उच्चारण गरें, जहाँ बालपनका सपनाहरू बुनेँ, त्यो जन्मभूमि आज ओझेलमा परेको छ। शहरको चहलपहलमा रमाउँदा आफ्नो असली पहिचान बिर्सिएको महसुस हुन्छ।

पहिलेका दिनमा छिमेकीहरू परिवारसरह हुन्थे। घरको आँगनमा रमाउने साथीहरू, बाटोमा हिँड्दा हात समाउने हातहरू, दुःख पर्दा दौडेर आउने आत्मीयहरू तर आज ती सम्बन्धहरू कता हराए? मेरो घरको आँगन नछोड्न भन्ने छिमेकीहरूसमेत समयसँगै टाढिए। के समयको गतिले हाम्रो सम्बन्धलाई पनि मेटाइदियो?

शिशु अवस्थाको पहिलो तोते बोली सुन्ने मेरा आमा-बुबा, जसले हात समाएर हिँड्न सिकाए, जसले जीवनका महत्त्वपूर्ण पाठ पढाए आज तिनै अभिभावकलाई म चिन्न सकिरहेको छैन। हुर्किएर ठूल्दाइ हुँदाको यो घमण्ड हो कि परिस्थितिले ल्याएको परिवर्तन? उनीहरूसँगको आत्मीयता र ममता किन पुरानै सम्झनाहरूमा सीमित हुन पुग्यो?

जीवनमा मानिसहरूले साथ दिन्छन् भन्ने विश्वास थियो, तर जब सहयोगको अपेक्षा गरें, तब ती सम्बन्धहरू केवल नाम मात्रका रहेछन् भन्ने महसुस भयो। जसलाई आफन्त ठानेर भरोसा गरियो, उनीहरू नै अडिग भएनन्। सम्बन्धहरू स्वार्थमा आधारित रहेछन्। जब साथ चाहिन्थ्यो, तब टाढिनु पर्ने नियति हुदाेहाे त सबैभन्दा ठूलो कुरा त म स्वयंलाई चिन्न बिर्सिएँ। समयको दौडमा दौडिरहँदा, समाजको परिभाषामा आफूलाई स्थापित गर्न खोज्दा, अरूको अपेक्षाहरू पूरा गर्न लाग्दा म आफैंलाई हराउँदै गएँ। के म वास्तवमै खुशी छु? के म जे गरिरहेको छु, त्यो मेरो आफ्नै रोजाइ हो? कि केवल समाजको ढाँचामा फिट हुन खोज्दैछु?

दिन बर्ष महिना समय फेरिन सक्छ, परिस्थिति बदलिन सक्छ, तर हराएका बाटाहरू फेरी खोज्ने प्रयास गर्न आवस्यक छ। आफूलाई भेट्न समय दिन आवस्यक छ, आफ्ना वास्तविक जरा खोज्न महत्त्वपूर्ण छ, सम्बन्धहरूलाई स्वार्थभन्दा पर हेर्नुपर्छ। जन्मभूमि, परिवार, आत्मीयहरू र आफूलाई चिन्न सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि रहेछ। आखिर, आत्मपहिचान गुमाउनु भनेको जीवनको वास्तविक बाटो हराउनु जस्तै रहेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज