Advertisement

बाजुराकी ७० वर्षीया वृद्धा २५ वर्षपछि भारतमा फेला

Advertisement

धनगढी- बाजुराकी एक वृद्धा २५ वर्षपछि भारतमा फेला परेकी छन्।जिल्लाको बुढीगंगा नगरपालिकाकी ती वृद्धा भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढमा फेला परेकी हुन् ।

बुढीगंगा -३ स्थायी ठेगाना बताउने उनले आफ्नो नाम शान्ति भनेकी छन्। पिथौरागढस्थित वान स्टप सेन्टरको आश्रयस्थलमा उनी फेला परेको केआईएन (किन) इन्डियाका प्रमुख नवीन जोशीले जानकारी दिनुभयो । लामो समयसम्म सडकमा बिताएकी ती महिलालाई भारतीय प्रहरीले उद्धार गरेर आश्रयस्थल पुर्‍याएको थियो।
भारतीय प्रहरीले उनको परिवार पत्ता लगाउन विभिन्न संघसंस्था तथा त्यस क्षेत्रमा काम गर्ने निकायलाई जानकारी गराएको भए पनि लामो समयदेखि पत्ता लाग्न सकेको थिएन। परिवारले लामो समयदेखि खोजी गर्दै आएको भए पनि फेला पार्न नसकेपछि माया मारिसकेका थिए। जोशीका अनुसार, फेला परेकी महिला सुरुमा त्यहाँ पुग्दा ती महिलाले केही समय सडकमा नै बिताएको तथा भारतीय प्रहरीको सहयोगमा आश्रयस्थलसम्म पुर्‍याएको खुलेको थियो।
धेरैपटक यसबारेमा भारतीय प्रहरीले परामर्श गरेको थियो। सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि परिवार पत्ता लागेको जोशीले जानकारी दिए। ‘हामी ५\७ दिनदेखि लागिरहेका थियौँ, आज नै फेसबुकमा पोस्ट गरिएको थियो,’ उनले भने, ‘परिवार पत्ता लागिसकेको छ। अब भोली सिफारिस गरेर कानुनी प्रक्रिया सुरु हुन्छ।’ उनी सन् २००७ देखि नै उनी वान स्टप सेन्टरको आश्रयस्थलमा बस्दै आएकी थिइन्। तस्बिरसहितको जानकारी सामाजिक सञ्जालमा पोस्ट गरेपछि छोरी वर्षा शाहीले फोन गरेर उनी आफ्नो आमा भएको बताएकी जोशीले जानकारी दिए।
बाजुराको बुढीगंगा नगरपालिका–३ घर भएका उनका श्रीमान् चन्द्रबहादुर र छोराहरू भूपेन्द्र शाही सम्पर्कमा आइसकेको जोशीले बताए। महिलाको उमेर करिब ७० वर्ष रहेको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज