Advertisement

कैलालीमा ६ ग्राम ८८० मिलिग्राम लागू औषध (खैरो हिरोइन) सहित ६ जना पक्राउ

Advertisement

धनगढी, कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष अभियानअन्तर्गत ६ ग्राम ८८० मिलिग्राम खैरो हिरोइन सहित ६ जनालाई पक्राउ गरेको छ।

मिति २०८१।१०।५ गते, कैलालीको धनगढी उप-महानगरपालिका–२ स्थित एभरेष्ट सेभन गेष्ट हाउस नजिकै शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले निगरानी बढाएको थियो। उक्त टोलीले धनगढी उप-महानगरपालिका–४ का ३१ वर्षीय एक पुरुषलाई खानतलासी गर्दा उनको साथबाट २०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको थियो।

यसपछि सोही स्थानबाट धनगढी उप-महानगरपालिका–४ का २३ वर्षीय अर्का युवकलाई नियन्त्रणमा लिइएको थियो। उनकै बयानका आधारमा थप अनुसन्धान गर्दै जाँदा प्रहरीले धनगढी–४ का २२ वर्षीय युवक सहित अन्य ३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमध्ये एकजनाको साथबाट २१० मिलिग्राम, अर्काको साथबाट ८० मिलिग्राम, र अन्यबाट क्रमशः २८० मिलिग्राम, ३५० मिलिग्राम, र ५८० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कन्हैया सिंह बोहराका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ। लागू औषध कारोबार तथा प्रयोग नियन्त्रण गर्न प्रहरीले निरन्तर निगरानी बढाएको समेत डीएसपी बोहराले बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज