Advertisement

चैनपुरमा औषधी पसल, क्लिनिक र अस्पतालहरूको अनुगमन, अमिसा अस्पतालमा ताला

Advertisement

 

बझाङ सदरमुकाम चैनपुरमा औषधि पसल, क्लिनिक र अस्पतालहरूको संयुक्त अनुगमन गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बझाङ, र जिल्ला स्वास्थ्य कार्यालय बझाङको टोलीले चैनपुरमा सञ्चालित विभिन्न मेडिकल, क्लिनिक र निजी अस्पतालहरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा इजाजतबिना तथा मापदण्डविपरीत अस्पताल, क्लिनिक र फार्मेसी सञ्चालन गरिएको, जनशक्ति नभई नागरिकलाई ठगेको, फार्मेसीमा जनशक्ति बिना औषधि बिक्री गरेको, र चिकित्सकको स्थानमा अन्य व्यक्तिहरूले भिडियो एक्स-रे गर्दै नागरिकको स्वास्थ्यमा खेलबाड गरेको गुनासोका आधारमा यो कदम चालिएको हो।

अनुगमन टोलीले इजाजत र दर्ता अनुमति पत्रबिना अवैध रूपमा सञ्चालन भइरहेको अमिसा अस्पताल प्रा.लि. मा ताला लगाएको छ। अस्पतालले नगरपालिकामा समेत दर्ता नगरी ३ जना स्टाफको भरमा सञ्चालन भइरहेको पाइएको थियो।

यस्तै, चैन मेडिकल नामले चिनिने एक फार्मेसीले लागुऔषध प्रयोजनका लागि औषधि बिक्री गरेको आरोप लागेको छ। औषधि व्यवस्था विभागको टोलीले यस विषयमा छानबिन र सोधपुछ जारी राखेको जनाएको छ।

अनुगमन टोलीका अनुसार केही अन्य मेडिकल सञ्चालकहरू अनुगमनको खबर थाहा पाएपछि पसल बन्द गरेर भागेका छन्। यसबारे औषधि व्यवस्था विभाग नेपालगन्जकी प्रमुख निनु श्रेष्ठले भनेकी छिन्, “स्वास्थ्य सेवा नागरिकको मौलिक हक हो। यसलाई दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन निरन्तर अनुगमन गरिनेछ। हामीले अनियमितता पत्ता लगाएका संस्थाहरूमाथि कडा कारबाही गर्छौं।”

स्थानीयबासीका अनुसार यसअघि पनि अनुगमनका क्रममा यस्तै घटनाहरू दोहोरिने गरेका छन्। अनुगमनको जानकारी पहिल्यै हुने हुँदा कतिपय मेडिकल सञ्चालकले पसल बन्द गरेर भाग्ने र पछि पुनः सञ्चालन गर्ने गरेको गुनासो आएको छ।

यो अनुगमनले चैनपुरका स्वास्थ्य सेवा क्षेत्रलाई सुधार गर्न थप प्रभावकारी कदम चाल्न आवश्यक रहेको देखिएको छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज